देवदह । देवदहस्थित सगरमाथा आवासीय मा.वि. मा कृयाशील सगरमाथा वालसाहित्य क्लबको आयोजनामा आधारभूत तह स्तरीय अन्तरसदानात्मक वक्तृत्वकला प्रतियोगिता बिहीवार सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा रेड सदनका निस्तीका कंडेल (कक्षा ६) प्रथम, ब्लु सदनका दिया बस्याल (कक्षा –६) द्धितिय र रेड सदनका एन्जल लम्साल (कक्षा —५) ले तृतीय स्थान हासिल गरेका छन् ।
सगरमाथा बाल साहित्यका अध्यक्ष वर्षा रिजालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा निर्णायकको भूमिका सह–प्राचार्य प्रदिप अधिकारी र शिक्षक दधिराम ज्ञावलीले निर्वाह गरेका थिए । कार्यक्रम बाल क्लबका सचिव नेत्र भुसालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology