देवदह । देवदह नगरपालिका वडा नं. ७, शीत्तलनगरमा अवस्थित सगरमाथा आवासीय मा.वि.मा क्रियाशिल इन्टरयाक्ट क्लव अफ सगरमाथाको आज पुर्नगठन गरिएको छ ।
क्लवका नि–वर्तमान अध्यक्ष कंकुर पोख्लेलको अध्यक्षता र विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्लेको आतिथ्यतामा सम्पन्न उक्त पुर्नगठन समारोहले कक्षा ९ का विद्यार्थी आषिस अर्याललाई क्लबको पे्रसिडेन्ट चयन गरेको छ ।
भेलाले प्रेसिडेन्ट इलेक्टेडमा डेभिड नेपाली लगाएत २९ सदस्यीय कार्य समिति चयन गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सचिन पंगेनीले नव निवाचीत कार्य समितिले प्रभावकारी रुपमा विद्यालमा कार्य सम्पादन गर्न पर्नेमा जोड दिनुभयो ।
विद्यालयका १०० बढी विद्यार्थी सहभागी उक्त कार्यक्रम विद्यार्थी नेत्र भुसालको सञ्चालनमा सम्पन्न भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology