भैरहवा । देउसी भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई जनालाई लुम्बिनीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
प्रक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० को चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ बस्ने वर्ष २१ को प्राप्ती बस्नेत रहेको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology