देवदह । रुपन्देहीको देवदह -७ शितलनगरमा स्थित सगरमाथा आवासीय मा.वि.मा कक्षा यू.के.जी र एकमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकको लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख प्रशिक्षक, विद्यालयका सिनियर कन्सल्टेन्ट भिष्ममणी पाण्डेले बाल बालिकाको समग्र विकासका लागि घर परिवारले पनि जिम्मेवार पूर्ण रुपमा बालबालिकालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले अभिभावक शिक्षा र सचेतना कार्यक्रमको निरन्तर रुपमा अगाडि बढाइने र त्यस्ता खाले कार्यक्रमहरुमा अभिभावकहरुको अनिवार्य उपस्थिति हुनु पर्ने बताए ।
यू.के.जी र एक कक्षाका १२० अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्क्षयता, पूर्व प्रा.वि संयोजक अमृता कंडेलको सञ्चालन र सह–प्राचार्य प्रदिप अधिकारी, सुमन पाण्डे र जिवन तामाङको सहजिकरणमा सम्पन्न भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology