देवदह । सगरमाथा आवासीय मा.वि देवदह–७ मा सप्ताहव्यापी खेलकुद प्रतियोगिता (स्वर्णीम खेल महत्सव) सुरु भएको छ ।विद्यालयको कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको खेल प्रतिभालाई प्रोत्साहान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । खेल महत्सवको बिहिवार एक समारोहका विच देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले उद्घाटन गरिन् ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख गुरुङ्गले सगरमाथाले विद्यार्थीको औपचारीक शिक्षाका अलवा खेल प्रतिभा पहिचान र प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । कार्यक्रममा विद्यालयका एन सि सि र स्काउटले विषेश परेड र ड्रिल प्रर्दशन गरेका थिए । सगरमाथा कलेजका अध्यक्षय ऋषिराम सापकोटाको अध्यक्षता प्राचार्य कृष्ण प्रसाद पौडेलले स्वागत मन्तब्य र संयोजक दिपेश मल्ललको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको हो ।
आज सम्पन्न विभिन्न प्रतिष्पर्धामा कक्षा ८, ९ र १० तर्फ एलो हाउस प्रथम, ग्रीन हाउस द्धितिय र ब्लु हाउसले तृतीय स्थान हासिल गरे । त्यसैगरि १०० मिटर दौड तर्फ सुप्रिम थापा प्रथम हिमाल सारु द्धितिय र समिर राना तथा आयुस हमालले तृतीय स्थान हासिल गरे । यसैगरि पुरुष समुहको लङ्गजम्प तर्फ समिर राना प्रथम, राहुल बस्याल द्धितिय र सुप्रीम थापाले तृतीय स्थान हासिल गरेका छन् ।
यस्तै पुरुष सटपुट तर्फ समीर थापा प्रथम, सौरभ मल्ल द्धितिय र सुप्रीम थापाले तृतीय स्थान हासिल गरेको छन् । कार्यक्रममा विद्यालयका खेल संयोजक सुजता राना, उमेश राना र जीवन तामाङ्गले विषेश सहजीकरण गरेका थिए । देवदह माविको खेल मैदानमा आयोजित खेल महोत्सवमा एथलेटक्स तर्फका ११ खेल समावेश छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology