देवदह । देवदह-७ स्थित सगरमाथा आवासीय मा.वि.मा क्रियाशील इन्टरयाक्ट क्लब अफ सगरमाथाको आयोजनामा २ दिने ‘मञ्च मन्त्र’ कार्यसाला सम्पन्न भएको छ ।
विद्यार्थीहरुमा अन्तर निहित वक्तृत्वकला प्रतिभालाई पहिचान गरी उक्त क्षमतालाई प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यशालामा विद्यालयका ६४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले शिक्षित विद्यार्थीहरुले आफ्ना भावना र विचारहरुलाई जनमानस सम्म पुर्याउनको लागी विद्यार्थीहरु वक्तृत्वकला क्षेत्रमा पनि पूर्ण हुनुपर्ने बताए । 
कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका सह–प्राचार्य प्रदिप अधिकारीले प्रविधि तर्फ केन्द्रित वर्तमान समयमा मौलिक र सृजनात्मक क्षमतामा गिरावट आउदै गरेकोले यस्ताखाले कार्यशालाले विद्यार्थीको सृजनात्मक क्षमता वृद्धिमा थप टेवा पु¥याउने बताए ।
उक्त कार्यक्रम इन्ट्रयाक्ट क्लबका अध्यक्ष अंकुर पोख्ररेलको अध्यक्षता, प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख अतिथ्यता, आबिस्कार पराजुलीको प्रक्षिक्षण र नेत्र भुसालको सञ्चालनमा भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology