देवदह । देवदह नगरपालिका वडा नम्बर ७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले स्थापनाको झन्डै तीन दशक पुरा गरेको छ । विक्रम सम्बत २०५१ सालमा स्थापना भएको विद्यालयले यहि फाल्गुन ७ गते २९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँन लागेको हो ।
वार्षिकोत्सव समारोह अन्तरगत माघ ५ गते भुतपुर्व शिक्षक र विद्यार्थी मिलन कार्यक्रमसंगै अभिभावक खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए । २०६० साल देखी २०७८ सम्मा आइपुग्दा एस.एल.सि र एस.इ.इ उत्तिर्ण गर्ने विद्यार्थी ९२४ जना जस्मा छात्रा ३६९ र छात्र ५५५ रहेको जानकरी दिए । फाल्गुन ६ गते बृहत सरसफाई कार्यक्रम आयोजना गरेको विद्यालयले ७ गते वार्षिकोत्सवको मूल समारोह संचालन गर्ने जनाएको छ।
सगरमाथा आवासिया माविमा हाल १ हजार पाँच सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संख्या ११५ रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology