Logo

२०८३, आश्विन ९गते


images
images

नारी नेतृत्व

योग गुरू सरस्वती

योग गुरू सरस्वती

images
  • योग गुरू सरस्वती
    images
    images

    देवदह । सरस्वती बस्यालको दिनचर्या योगबाट सुरु हुन्छ । सम्भवत: उनी दिनको अन्त्य समेत योगा अथवा ध्यानबाटै होस् भन्ने चाहन्छिन् । योगा गर्नको लागि त्यस्तो ठुलो स्थान र भौतीक संरचना चाहिन्छ भन्नेमा उनी विश्वास गर्दिनन् । तर उनी योगा गर्नको लागि ज्ञान आवश्यक हुने बताउँछिन् ।

    images
    images
    images

    वि.सं २०३२ साल भदौ १२ गते रुपन्देही जिल्लाको फर्साटिकरमा बुवा खिमानन्द बस्याल र आमा लक्ष्मीदेवीको कोखबाट सरस्वतीको जन्म भयो । ५ दिदि बहिनी र २ दाजूभाई मध्ये काँइली छोरीको रुपमा उनको जन्म भएको हो । बाल्यकालबाट नै गम्भिर स्वभाव, सकारात्मक सोच भएकी सरस्वती आजपनि उस्तै छन् । संयमता र धैर्यता उनले जीवनका सिकाइ हुन् ।

    images
    images
    images

    बाल्यकालमा सुख सयल र आराम भन्ने कहिल्यै महसुस गर्न नपाएकी सरस्वतीलाई अहिले पनि त्यतिकै खाली बस्न मन लाग्दैन । उमेरले ५० काटेकी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ निवासी उनले जागिर गर्न लागेको ३० बर्षभन्दा बढि भैसकेको छ । उनी सम्झिन्छिन्, 'हिजो ५ कक्षामा पढ्दैगर्दा गरेको ज्याला मजदुरी र त्यसवापत पाएको २५ रुपैंया उनलाई आज जस्तै लाग्छ ।'

    images
    images
    images

    त्यसो त सरस्वतीको परिवार फर्साटिकरमा रहँदा आर्थिक रुपमा ठिकठाक थियो । जब उनको परिवारमा वि.सं. २०३७ साल तिर डाँका पर्यो, त्यसपछि उनीहरुले आर्थिक संकटसँगै कठिन दिनहरुको सामना गर्नुपर्यो । आफ्नै आँखा अगाडि घरमा डाँका परेको देखेकी सरस्वतीले घरमा भएका लत्ता कपडा र खाने खर्च समेत डाँकाले लुटेर लगेको बताउँछिन् । ‘म साँनी थिए, हजुरआमाको काखमा थिए, बुवा घरमा नभएको मौका छोपेर लडिया नै भरेर डाँकाहरुले सरसामान लुटेर लगे ।’ ति अवोध क्षण स्मरण गर्दै सरस्वतीले भनिन्, 'मसँग रुनुबाहेक केहि विकल्प थिएन ।'

    डाँका परेपछि सरस्वतीको परिवारमा घर र खेतीबारी बाहेक केही रहेन । त्यसपछि फर्साटिकरको घरखेत बेचेर उनको परिवार देवदह आउने निधो गर्यो । जंगलको हिसाबले पनि सुगम तथा वस्ती विकासको हिसाबले पनि तिव्र गतिमा अघि बढिरहेको देवदहमा बसाई सहज हुने कल्पना गरेको सरस्वतीको परिवारलाई पहिलो गासमै ढुङ्गा लाग्यो ।

    वि. सं. २०४५ सालमा देवदहको खैरेनीमा उनका बुवाले घरको लागि बैना गरे । बुवाले घर किन्नको लागि ल्याएको ३८ हजार रुपैंया सोही दिन चोरी भयो । खानामा नशालु पदार्थ मिसाई बुवालाई खुवाएर घर किन्नको लागि राखेको उक्त पैसा चोरी गरिएको सरस्वती बताउँछिन् । पैसा चोरी भएपछि एउटा घर निखन्नको लागि २ पटक पैसाको जोहो गर्नुपर्ने स्थिति सरस्वतीको परिवारलाई बन्यो । जसबाट आर्थिक भार झन् थपियो ।

    अभावसँग जुध्दै अध्ययन

    खैरेनीमा आउँदा १२ बर्षकी सरस्वती कक्षा ५ मा पढ्थिन् । पढाईमा उत्कृष्ट उनी विद्यालयका अतिरिक्त क्रियाकलापमा समेत अब्बल थिईन् । उनलाई सबैजनाले मेधावी र मेहनती विद्यार्थीको रुपमा हेर्ने गर्थे । सरस्वतीलाई पढाईसँगै आफुभन्दा साना भाई बहिनीको समेत जिम्मेवारी बोध हुने गर्थ्यो । जिम्मेवारीको वावजुत अध्ययनमा कक्षा ५ बाट ६ मा जाँदा विद्यालय प्रथम भएको उनी सुनाउँछिन् । तर घर व्यवहारले निरन्तर च्याप्दै गएपछि उनको पढाई अन्य कक्षाहरुमा क्रमश दोस्रो र तेस्रो हुँदै गयो । उनी भन्छिन्, ‘मैले पढाईलाई दिएको समय अनुसार त्यो नतिजा राम्रो थियो होला, तर पनि रिजल्टमा कमजोर आँउदा दुःख लाग्थ्यो ।’

    सरस्वतीको संघर्षमा उनका बुवा पनि दङ्ग थिए । कक्षा ६ मा पढ्दैगर्दा आफ्नो विवाहको कुरा चलेको र हजुरआमा मार्फत बिहे नगर्ने आशय बुवालाई सुनाएपछि बुवाले आफुलाई छोरो भनेर सम्बोधन गरेको उनको भनाई छ । 'बुवाले अबदेखि मैले तिमीलाई छोरी होइन, छोराको जिम्मेवारी दिन्छु, घरको सम्पूर्ण व्यवहार तिमीले नै हेर्नु भन्नुभयो’ उनले भनिन् । बुवाले त्यति भनेपछि सरस्वतीमा थप जिम्मेवारीपन नबढ्ने कुरै भएन । घर व्यवहार सम्हाल्नु उनको लागि ठुलो समस्या थिएन, जुन उनले गरिरहेकी पनि थिइन् । समस्या थियो त उनको आर्थिक अवस्थामा थियो, जसले सरस्वतीलाई पटकपटक पिडा थप्ने गर्थ्यो ।

    सरस्वतीको संघर्षमा उनका बुवा पनि दङ्ग थिए । कक्षा ६ मा पढ्दैगर्दा आफ्नो विवाहको कुरा चलेको र हजुरआमा मार्फत बिहे नगर्ने आशय बुवालाई सुनाएपछि बुवाले आफुलाई छोरो भनेर सम्बोधन गरेको उनको भनाई छ । 'बुवाले अबदेखि मैले तिमीलाई छोरी होइन, छोराको जिम्मेवारी दिन्छु, घरको सम्पूर्ण व्यवहार तिमीले नै हेर्नु भन्नुभयो’ उनले भनिन् । बुवाले त्यति भनेपछि सरस्वतीमा थप जिम्मेवारीपन नबढ्ने कुरै भएन । घर व्यवहार सम्हाल्नु उनको लागि ठुलो समस्या थिएन, जुन उनले गरिरहेकी पनि थिइन् । समस्या थियो त उनको आर्थिक अवस्थामा थियो, जसले सरस्वतीलाई पटकपटक पिडा थप्ने गर्थ्यो ।

    सरस्वतीको घरमा बुवा आमासंगै उनीभन्दा ठुला दाई पनि थिए । दुई दिदीहरुको बिहे भैसकेको, दाई कक्षा १० मा पढ्दै गर्दा इन्डिया गएको र चोरी/डकैतीका कारण विछिप्त बनेका बुवाको ढाडस र आफुभन्दा साना दुई बहिनी र एक भाईको समेत सरस्वतीलाई भरोसा बन्नु थियो । उनीहरुलाई कसरी पढाउने र परिवारको बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता उनलाई दिनहुँ पर्ने गर्थ्यो । त्यसैले सरस्वती स्थानीय तुलसी बेकरीजमा विद्यालय समयभन्दा अतिरिक्त समय काम गर्ने गर्थिन् । जहाँ उनलाई मासिक ३ सय रुपैंया पारिश्रमिक मिल्ने गर्थ्यो । त्यस बाहेक पनि उनले छिमेकका बालबालिका जम्मा गरेर पढाउने काम गर्थिन् । सरस्वती भन्छिन्, ‘करिव २५ जना बालबालिकालाई साँझ-विहानको समय मिलाएर पढाउँदा प्रति विद्यार्थी मासिक २५ रुपैंया आउँथ्यो । जुन कमाईबाट मैले घरमा खानको लागि चामल किनेर लैजाने गर्थे ।’

    काम गरेर आएको आम्दानीबाट घरमा केहि दिनको लागि खानेकुरा जोहो भएपछि मात्र सरस्वतीलाई राम्ररी निद्रा पर्थ्यो । किशोरावस्थामै दैनिक ज्यालादारी गर्ने र कसरी परिवारको लागि आम्दानीको श्रोत जुटाउन सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रित हुन्थ्यो । ज्यालादारीका एकपटक मेला जाँदाको पिडा सुनाउँदै उनी भन्छिन्, ‘छिमेकीको खेतमा मुसुरो गोड्ने बेला भएको रहेछ, मलाई काममा बोलाइयो, गए, मुसुरो डोड्दै जाँदा कलिला हातलाई मुसुरोले काटेर रगताम्य भएको रहेछ, मलाई पत्तै भएन, पछि मेरो मेलोमा रगतको घेरो देखेपछि संगै काम गर्नेले बोलाएर टालो बाँधिदिए, त्यसपति बल्ल दुख्न थाल्यो ।'

    सरस्वती छर छिमेकमा काम नपाएको दिन मात्र विद्यालयमा जान्थिन् । विद्यालयमा जेहेन्दार विद्यार्थीको छवि बनाएकी उनी विभिन्न प्रतियोगितामा भाग लिएर समेत पुरस्कृत हुने गरेको सुनाउँछिन् । आफुसंग भएको कुरा अरुसँग नभएको देख्दा अत्यन्तै दुःखी हुने सरस्वती आफुले लगाएका लुगा र खानका लागि किनेको वस्तु समेत बाटोमा भोका र नाङ्गा देखेको खण्डमा त्यहिँ छाडेर हिड्ने गरेको बताउँछिन् ।

    कक्षा ८ मा पढ्दा भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा द्धितिय भएर तीन सय रुपैंया पुरस्कार पाउँदा त्यो पैसाले आधा क्विन्टल मोटा चामल किनेर घरमा लगेको उनी सम्झिन्छिन् । छात्रवृत्ति स्वरुप पाएको ड्रेस उनले ३ बर्षसम्म लगाउँथिन् । सरस्वती भन्छिन्, ‘नयाँ लुगा लगाउने र मिठो खाने त्यति ठुलो चाहना त भएन तर पनि त्यो उमेरमा अन्य साथिहरुले फेरी फेरी लुगा लगाउँदा मलाई पनि फेर्न मन लाग्थ्यो । त्यसैले लुगामा कलर लगाएर फरकपन दिने गर्थे ।’

    पुरस्कृत भएर विद्यालयबाट पाउने रकमले समेत घर खर्चका लागि सामान किनेर लाने गरेको बताउने उनले त्यस्ता सामान कैंयौ पटक घर पुग्ने बेलासम्म बाटोमै बाडेर सकिने गरेको अनुभव सुनाउँछिन् । कक्षा ८ मा पढ्दा भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा द्धितिय भएर तीन सय रुपैंया पुरस्कार पाउँदा त्यो पैसाले आधा क्विन्टल मोटा चामल किनेर घरमा लगेको उनी सम्झिन्छिन् । छात्रवृत्ति स्वरुप पाएको ड्रेस उनले ३ बर्षसम्म लगाउँथिन् । सरस्वती भन्छिन्, ‘नयाँ लुगा लगाउने र मिठो खाने त्यति ठुलो चाहना त भएन तर पनि त्यो उमेरमा अन्य साथिहरुले फेरी फेरी लुगा लगाउँदा मलाई पनि फेर्न मन लाग्थ्यो । त्यसैले लुगामा कलर लगाएर फरकपन दिने गर्थे ।’

    सरस्वतीलाई विद्यालयमा पढ्ने बेला आफ्नो भन्दा कम अंक ल्याउने विद्यार्थीको पोजिसन आँफुभन्दा माथि देख्दा मन रुन्थ्यो । पढ्नकै लागि दैनिक ज्यालादारी गर्नुपर्ने उनलाई छात्रवृत्तिको हरेक वर्ष ठुलो आशा हुन्थ्यो । आर्थिक रुपमा सम्पन्नहरुले त्यस्तो छात्रवृत्ति पाउँदा उनका आँखा रसाउँथे । त्यतिबेला सरस्वतीलाई यस्तो किन हुन्छ भन्ने थाह हुँदैनथ्यो । अहिले उनलाई लाग्छ, 'आर्थिक र सामाजिक रुपमा आफ्नो परिवार विपन्न भएकै कारणले सायद त्यस्तो विभेद गरिएको थियो ।'

    जागिरसँगै परिवारको जिम्मेवारी

    विद्यार्थी जीवनमा धेरै पढ्ने अनि जागिर गरेर घरपरिवार पाल्ने सरस्वतीको धोको थियो । जुन इच्छा उनले कक्षा ६ मा पढ्नेबेला तत्कालिन कांग्रेस नेता गिरिजा प्रसाद कोईरालासँग समेत राखेकी थिइन् । सरस्वती भन्छिन्, ‘२०४७ सालतिर एउटा कार्यक्रममा गिरिजा प्रसाद कोइराला आउनुभएको थियो । त्यो कार्यक्रममा माला लगाएर उहाँलाई स्वागत गर्ने क्रममा तिम्रो इच्छा के छ ? भनेर सोध्नुभयो । त्यतिबेला मैले जागिर गर्ने इच्छ्याएपछि उहाँले कार्यक्रममा उपस्थित स्थानीय नेताहरुलाई मलाई पढाइ सकेपछि जागिर लगाइदिन भन्नुभएको थियो ।’

    द रेयुकाई नेपालबाट जागिरे जीवन सुरु गरेकी सरस्वतीले जागिर गर्न लागेको ३० बर्ष भन्दा बढि भयो । उनलाई छोराको दर्जा दिने बुवा अहिले उनीसँग छैनन् । आमा खसेको समेत ३ बर्ष पुग्यो । सरस्वतीका भाई र बहिनीहरु आ–आफ्नो परिवारसँग छन् ।

    saraswati bashyal.jpeg

    हिजो बिहे नगरि परिवारसँग बस्ने सोच बनाएकी सरस्वतीसँग एउटा छोरा छन् । छोरा समिनलाई उनी आफ्नो जीवनको अमुल्य उपहार र मार्गदर्शक समेत मान्नेगर्छिन् । सरस्वती भन्छिन्, ‘हिजो बिहे नगर्ने भनेर बहिनीको पहिले बिहेबारी गरी परिवारसँगै बसियो । परिस्थिति र आफन्तको दवाव झेल्न नसकेपछि स्नातक तहमा पढ्दैगर्दा २०५६ सालमा बिहे गरेकी हुँ । बिहेपछि अध्ययनमा अवरोध भयो ।’ बहिनीको बिहे गरेको ५ बर्षपछि बिहे गरेकी सरस्वतीको बैवाहिक जीवनमा खासै खुशीयाली भएन । श्रीमान् भारतमा जागिर गर्ने र परिवारले आफुलाई विभिन्न बहानामा टर्चर दिन थालेपछि उनी लामो समय आफु संयुक्त परिवारभन्दा छुट्टै बस्न बाध्य भएको गुनासो गर्छिन् । बिहेगर्ने बेला पढाई र जागिरलाई निरन्तरता दिने सर्त राखेको परिवार बिहेपछि त्यसको फरक कित्तामा उभियो । सुरुमा विरुद्धमा रहेका श्रीमान्लाई कन्भिन्स गरेर पढाई र जागिरलाई निरन्तरता दिन चाहेकी उनलाई तत्कालिन अवस्थामा तगारो बनेको परिवार प्रति दुःखेसो छ ।

    योग र साहित्यमा विशेष रुची

    सरस्वतीलाई सादगी जीवन मनपर्छ । योग ध्यानलाई उनी मानव स्वास्थ्यको मानक मान्छिन् । हिजो घरमा टिभी हेरेर योगका आसन गर्दा ढाडको नसा च्यापिएर करिव ५ बर्ष दुःख पाएकी उनले अहिले देवदह र आसपासका क्षेत्रमा नि:शुल्क योगका कक्षाहरु सञ्चालन गर्ने गर्छिन् । ‘मैले कसैको गाइडलाईन बिना नै पद्मासनको अभ्यास गर्दा ढाडको समस्या झेल्नुपर्यो । मेरै कारणले निम्तिएको त्यो समस्यालाई मैले फेरी योगकै माध्यमबाट हल गरे ।’ देवदहका घरघरमा योग पुर्याउने सोच बनाएकी उनले भारतको हरिद्धारा पुगेर संकल्प गरेकी छन् ।

    चर्चित योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतबाट सरस्वती प्रशिक्षित भएकी छन् । छैठौ पटकसम्म रामदेवबाट भौतिक रुपमै प्रशिक्षण लिएकी सरस्वतीलाई नेपालमा योग सिकाउने पहिलो गुरु प्रेमनारायण श्रेष्ठ हुन् । वि.सं. २०६४ सालमा ११० जनालाई चौरमा जम्मा पारेर योग अभ्यास सुरु गरेकी सरस्वती देवदहमा योग प्रवेश गराउने पहिलो व्यक्ति पनि हुन् । महिला पतञ्जली योग समिति रुपन्देहीको अध्यक्षमा समेत काम गरिसकेकी उनको सक्रियतामा देवदह नगरस्तरको शाखासमेत गठन भएको छ ।

    bhatkieko parkhal.png

    विभिन्न सञ्चार माध्ययममा योग र स्वास्थ्य सम्बन्धि कार्यक्रम र लेख रचनाहरु प्रशारण प्रकाशन गर्ने सरस्वती साहित्यमा समेत अत्यन्त रुची राख्छिन् । छोरा समिन उनको साहित्यको अनुयायी र मार्गदर्शक हुन् । २०७६ सालमा छोरासँगै उनले 'भत्किएको पर्खाल' नामक मुक्तक संग्रह प्रकाशन गरेकी छन् । समिन र सरस्वतीले संयुक्त रुपमा उक्त मुक्तक संग्रह प्रकाशन गरेवापत सन् २०२४ मा ‘रमेश स्मृति साहित्य सम्मान’बाट उनीहरु कतारमा सम्मानित भएका छन् । नेपाली लेखक संघको रुपन्देही जिल्ला उपाध्यक्ष रहेकी सरस्वती अनुराग साहित्य समाज देवदहको हाल अध्यक्ष हुन् ।

    रोकिएको अध्ययन छोराको आग्रहमा निरन्तरता

    छोरा समिनको धर्ती आगमनसँगै रोकिएको सरस्वतीको अध्ययन शिलशिला अहिले जारी छ । छोराले कक्षा ८ मा पढ्दा आफुलाई गरेको प्रश्न सुनाउँदै उनी भन्छिन्, ‘ममि तपाई कति कक्षामा पढ्नुभएको हो ? किन पढाई छोडेको हो पढ्नुस् न ?’ छोराको प्रश्नपछि पुन: स्नातक तह भर्ना भएर अध्ययनलाई सुरु गरेकी सरस्वतीले लुम्बिनी बौद्ध विश्व विद्यालयबाट स्नातकोत्तर तह सकाएकी छन् । उनले आफ्नो शोधपत्र (थेसीस) ‘पतञ्जली योग र बौद्ध ध्यान योगको तुलनात्मक अध्ययन’ विषयमा गरेको बताइन् । अध्ययन कहिल्यै नसकिने मान्यता राख्ने उनलाई पिएचडी गर्ने धोको छ । त्यसको आधार निर्माण गर्न उनी अहिले ज्योतिष शास्त्रको अध्ययन गरिरहेकी छन् ।

    अध्ययनको शिलशिलामा सन् २०२० मा म्यानमार र थाइल्याण्डको भ्रमण गर्ने अवसर पाएकी सरस्वतीले २०१४ सालमा जागिरको क्रममा जापानको पनि भ्रमण गरेकी छन् । जागिर र अन्य कामको क्रममा भारतका १० वटा प्रदेशमा पुगेकी उनी नेपालका ६५ वटा जिल्लामा घुमेकी छन् । 

    अध्ययन अवलोकन र भ्रमणबाट नयाँ कुरा देख्न र सिक्न अत्यन्त रुची राख्ने सरस्वती जीवन व्यवस्थापनकी एक उदाहरण हुन् । अरुको कुभलो कहिल्यै सोच्न हुँदैन भन्ने अत्यन्त प्रेरणादायी सोचकी धनी उनी जीवनमा कहिल्यै नकारात्मक हुन नहुने बताउँछिन् । जीवनका उतारचढावलाई कसरी सहजै व्यवस्थापन गर्न सकिन्छ भन्नेहरुका लागि उनी एक अध्ययनको विषय बन्न सक्छिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।