Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकमा चित्रकला प्रतियोगिता

देवदह बुद्ध पब्लिकमा चित्रकला प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिकमा चित्रकला प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलवार भएको प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थी सहभागी थिए । 

    images
    images
    images

    विद्यालयको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले बताए । विद्यार्थीभित्र रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने तथा चित्रकलाजस्ता सिर्जनात्मक माध्यमबाट ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगिता पूर्व–प्रा.वि, प्रा.वि, नि.मा.वि र मा.वि तह अनुसार छुट्टाछुट्टै रूपमा सञ्चालन गरिएको जनाइएको छ ।

    images
    images
    images

    कार्यक्रममा सहायक प्रिन्सिपलद्वय वेद सूर्यवंशी र रोशी गुरुङ, कक्षा १२ इन्चार्ज अनन्तराम भण्डारी, मा.वि इन्चार्ज मुक्तिलाल विश्वकर्मा, नि.मा.वि इन्चार्ज अञ्जना वली, प्रा.वि इन्चार्ज अस्मिता गुरुङ तथा पूर्व–प्रा.वि इन्चार्ज मनमाया रुचाल लगायत शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।

    प्रतियोगितामा सहभागी एक विद्यार्थीहरुले यस्ता कार्यक्रमले किताबी ज्ञानसँगै सिर्जनात्मक क्षमता विकास गर्न सहयोग पुग्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।