Logo

२०८३, आश्विन ९गते


images
images

नवआगन्तुक २८० विद्यार्थीलाई बुद्ध पब्लिकमा स्वागत

नवआगन्तुक २८० विद्यार्थीलाई बुद्ध पब्लिकमा स्वागत

images
  • नवआगन्तुक २८० विद्यार्थीलाई बुद्ध पब्लिकमा स्वागत
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।  सोमबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका २८० विद्यार्थीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ।

    images
    images
    images

    स्वागत कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले आफ्नो समुज्वल भविष्यको खोजी गर्दै विद्यार्थीहरु देवदह बुद्धपब्लिकमा भर्ना हुने बताए । 'यहाँको शैक्षिक गुणस्तर र सिकाईको वातावरणको कारण अधिकांश अभिभावकहरुले बुद्ध पब्लिक नै रोज्नु हुन्छ ।' उनले भने, 'हामी उहाँहरुको सपना पुरा गर्न सधै प्रतिबद्ध छौं ।'   

    images
    images
    images

    विद्यालयले पूर्व प्रावि, प्रावि, निमावि र मावि गरी चार सत्रहरुमा विभाजन गरी विद्यार्थीहरुलाई स्वागत गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ्ग मावि इन्चार्ज मुक्ति विश्वकर्मा, प्रावि इन्चार्ज अञ्जना वली, पूर्व प्रावि इन्चार्ज मनमाया रुचाल लगायतको उपस्थिति रहेको थियो ।

    विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई टीका र खादासहित मायाको चिनो प्रदान गरेको छ । 

    हरेक महिनाको ९ गते सांस्कृतिक पोशाकमा विद्यालय आउनसमेत विद्यालयले विद्यार्थीहरुलाई अनुरोध गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।