Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता

बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता

images
  • बुद्ध पब्लिकमा राखी बनाउने प्रतियोगिता
    images
    images

    देवदह । देवदह नगरपालिकामा अवस्थित देवदह बुद्ध पक्लिक आवासीय माध्यमिक विद्यालयमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ । 
    विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्यले विद्यालयले रक्षा बन्धन २०८१ सालको अवसरमा राखी बनाउने प्रतियोगिता आयोजना गरेको जनाइएको छ । 

    images
    images
    images

    सामूहिक प्रतियोगितामा आयुष्मा पाण्डेको समूह प्रथम, बिन्ध्या सुनारको समूह दोस्रो र अनुष्का भण्डारीको समूह तेस्रो भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले विद्यार्थी कलाको भण्डार भएको र  उनीहरूभित्र अथाह सिर्जना लुकेको हुने बताए । विद्यार्थीमा रहेको सिर्जनालाई यस्तै अतिरिक्त क्रियाकलापको माध्यमबाट बाहिर ल्याउने काम बुद्ध पब्लिकले वर्ष गर्दै आएको बताए । 

    images
    images
    images

    कार्यक्रममा कक्षा १ देखि कक्षा ९ सम्मका १५० विद्यार्थीको सहभागिता रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।

    कार्यक्रममा विद्यालयका शिक्षकहरू मा. वि. अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी, मा.वि इन्चार्ज वेदसूर्यवंशी, नि.मा.वि कोर्डिनेटर रोशी गुरुङ,  अञ्जना वली र दुर्गा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।