Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिकमा विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन कार्यक्रम सम्पन्न

बुद्ध पब्लिकमा विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन कार्यक्रम सम्पन्न

images
  • बुद्ध पब्लिकमा विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माविमा विज्ञान सामाग्री निर्माण तथा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित विज्ञान क्लबको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । विद्यार्थीलाई विज्ञान र प्रबिधिसँग जोड्न र विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन उक्त कार्यक्रमको आयोजना गरिएको कुरा विज्ञान क्लबले जनाएको छ ।

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख टुण्डिराज मरासिनी र विज्ञानक्लब इन्चार्ज सानिया भुसालको संयोजनमा भएको कार्यक्रममा जुनियर सिनियर गरी दुइचरणमा गरिएको थियो ।

    images
    images
    images

    विद्यार्थीका रचनात्मक र सिर्जनात्मक क्रियाकलापका लागि विद्यालयले वातावरण निर्माण गरेको प्रिन्सिपल कृष्णप्रसाद गैरेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने छात्र छात्रालाई नगद पुरस्कार द्वारा पुरस्कृत गरिएको थियो ।

    images
    images
    images

    कार्यक्रम क्लब अध्यक्ष समिक्षा कठरियाको अध्यक्षता, उपाध्यका प्रिन्स शर्माको स्वागत र रिजन सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।