Logo

२०८३, आश्विन ९गते


images
images

अतिरिक्त क्रियाकलाप

बुद्ध पब्लिकमा जुरेस निर्वाचन, निबन्ध लेखन र बेलुन ब्लास्ट कार्यक्रम

बुद्ध पब्लिकमा जुरेस निर्वाचन, निबन्ध लेखन र बेलुन ब्लास्ट कार्यक्रम

images
  • बुद्ध पब्लिकमा जुरेस निर्वाचन, निबन्ध लेखन र बेलुन ब्लास्ट कार्यक्रम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत जुनियर रेडक्रस सर्कल (जुरेस) निर्वाचन, निबन्ध लेखन तथा बेलुन ब्लास्टजस्ता कार्यक्रमहरु सम्पन्न भएका छन्।

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित जुरेस निर्वाचनमा ५०० मत खसेको निर्वाचन अधिकृत बलराम ज्ञवालीले जानकारी दिए। कक्षा १० को मतदान कार्य बाँकी रहेकाले त्यसपछि मात्रै मतगणना गरिने विद्यालयले जनाएको छ।

    images
    images
    images

    प्रतिभा पहिचानका विविध कार्यक्रम पनि सोही दिन सञ्चालन गरिएको थियो। कक्षा ४, ५, ६ का लागि हस्त लेखन, कक्षा ७ देखि १० सम्मका लागि निबन्ध लेखन तथा पूर्व प्राथमिक तहका बालबालिकाहरूका लागि बेलुन ब्लास्ट कार्यक्रम सम्पन्न गरिएको हो।

    images
    images
    images

    विद्यालयले प्रत्येक महिनाको ९ गते विद्यार्थीलाई सांस्कृतिक पहिरनमा विद्यालय आउन आग्रह गर्ने गरेको छ। सोही अनुरूप शुक्रबार विद्यार्थीहरू आ–आफ्नो जातीय पोशाकमा विद्यालय पुगेका थिए। सहायक प्रिन्सिपल वेद सूर्यवंशीका अनुसार यसले सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

    बुद्ध पब्लिक१.jpg

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले यस्ता फरक र सृजनात्मक कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने बताए। “नेतृत्व विकास र क्षमता उजागर गर्ने यस्ता अभ्यासलाई विद्यालयले निरन्तरता दिनेछ,” प्रिन्सिपल गैरेले भने।

    उक्त अवसरमा विद्यालयका माध्यमिक तह इन्चार्ज मुक्ति विश्वकर्मा, कक्षा ११–१२ इन्चार्ज अनन्तराम भण्डारी लगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीको उपस्थिति थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।