Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

देवदह बुद्ध पब्लिकमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

images
  • देवदह बुद्ध पब्लिकमा नवआगन्तुक विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । रुपन्देहीको देवदह ५ मा रहेको देवदह बुद्ध पब्लिक आवासिय माविले कक्षा ११ का नवआगन्तुक  विद्यार्थीलाई स्वागत गरेको छ। कक्षा १२ मा अध्यनरत विद्यार्थीले शनिवार एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेले कक्षा ११, १२ को समयलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण समयको रुपमा सदुपयोग गर्न आग्रह गरे। 

    images
    images
    images

    परिश्रमले नै मानिसलाई सफल बनाउने कुरा बताउदै उनले जीवनमा अध्ययन र परिश्रमको आवश्यक रहेको बताए । 

    images
    images
    images

    स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय किसन अधिकारी, इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङ, विद्यालयका संचालक समिति सदस्य चक्रपाणी तिवारी, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गैरे, मावी संयोजक विराट भुसाल, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। 

    कार्यक्रम कक्षा १२ का विद्यार्थी अनिश सुनारको अध्यक्षता, आदर्श बश्यालको स्वागत र शिक्षक अनन्तराम भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।