Logo

२०८३, श्रावण २७गते


images
images

प्रगति सामुदायिक वनको नेतृत्वको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा, आज निर्वाचन हुँदै

प्रगति सामुदायिक वनको नेतृत्वको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा, आज निर्वाचन हुँदै

images
  • प्रगति सामुदायिक वनको नेतृत्वको लागि दुई प्यानल चुनावी प्रतिस्पर्धामा, आज निर्वाचन हुँदै
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको प्रगति सामुदायिक वन तथा उपभोक्ता समितिको कार्यसमिति पदाधिकारी चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ। 

    images
    images
    images

    गत  चैत्र १ गते भएको निर्वचनबाट निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी टुंगो लगाउने बिषयमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको हो। 

    images
    images
    images

    पाँचवटा टोल मध्ये फुलबारी टोल बाट जमुना देवी पाण्डे,टेक बहादुर रावल र दिपक पाण्डे, स्कुल टोल बाट सिमा लामिछाने,दुर्गा बहादुर राना र इश्वरी घिमिरे,कोतिया देवी टोल बाट कृष्ण प्रसाद भुषाल तोपली गैरे र देवी लम्साल,प्रेम टोल बाट ऋषिराम खनाल, मनोज थापा र वेदना ढकाल, नागथान टोल बाट डोलराज न्यौपाने वर्षा तिवारी र देवी पाण्डे गरि १५ जना सदस्य निर्वाचित भएका थिए। 

    images
    images
    images

    पदाधिकारी चयनका लागि सहमति गर्न निर्वाचन मण्डलले एक हप्ता समय दिएको र उक्त अवधि भित्र सहमति हुन् नसके पछि निर्वाचन हुन् लागेको निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर रानाभाटले जानकारी दिए । 

    चैत्र आज गते हुने निर्वाचनका लागि दुई समूह बनाइएको र पहिलो समूहबाट अध्यक्षमा इश्वरी घिमिरे, वरिष्ठ उपाध्यक्षमा तोपली बश्याल, उपध्यक्षमा  दिपक पाण्डे, सचिवमा बेदना ढकाल कोषाध्यक्षमा कृष्ण प्रसाद भुषाल, सह-सचिव देवी पाण्डे र इतर समूहबाट अध्यक्षमा दुर्गा बहादुर राना, वरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने 'राजु', उपाध्यक्षमा सिमा लामिछाने, सचिबमा बर्षा तिवारी, कोषाध्यक्षमा ऋषिराम खनाल र सहसचिबमा मनोज थापाले उम्मेदवारी दिएको संयोजक चन्द्र बहादुर रानाभाटले बताए। 

    ४ सय ७९ जना उपभोक्ता रहेको सामुदायिक वनको निवाचन बिहान ८ बजे देखि सुरु हुने संस्थाका निवर्तमान अध्यक्ष चमाकान्त गौडेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रगति सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।