Logo

२०८३, श्रावण २७गते


images
images

वन वातावरण

प्रगति सामुदायिक वनको १६औं साधारणसभा : चालु आर्थिक वर्षमा १ करोड बढी बजेट

प्रगति सामुदायिक वनको १६औं साधारणसभा : चालु आर्थिक वर्षमा १ करोड बढी बजेट

images
  • प्रगति सामुदायिक वनको १६औं साधारणसभा : चालु आर्थिक वर्षमा १ करोड बढी बजेट
    images
    images

    देवदह । ८५ लाख ९० हजार ८ सय रुपैंया बराबरको आयव्यय विवरण पारित गर्दै प्रगती सामुदायिक वन उपभोक्ता समूह देवदह-९, को १६औं साधारणसभा सम्पन्न भएको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८१÷०८२ मा समूहले वन विकास तथा सम्वद्र्धन व्यवस्थापन तर्फ ४५ लाख ४१ हजार ३ सय ४१ रुपैंया अर्थात ५२.८६ प्रतिशत, गरिवी निवारण तथा महिला सशक्तिकरण तर्फ ९ लाख ८६ हजार २ सय ५ रुपैंया अर्थात ११.२७ प्रतिशत र सामाजिक विकास तथा पूर्वाधार तर्फ १५ लाख ८८ हजार २ सय ९९ रुपैंया बजेट खर्च गरेको समुहका कोषाध्यक्ष ऋषिराम खनालले जानकारी दिए । 

    images
    images
    images

    यस्तै प्रशासनिक तथा १० लाख ४१ हजार ६ सय १३ रुपैंया अर्थात १२.१२ प्रतिशत रकम खर्च भएको खनालले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुहका अध्यक्ष दुर्गबहादुर रानाले चालु आर्थिक बर्षका लागि १ करोड ५ लाख ४७ हजार ५ सय २८ रुपैंया बराबरको बजेट प्रस्तुत गरे । चालु आर्थिक बर्षमा वन विकास तर्फ ६०.७१ प्रतिशत, सामाजिक तथा पूर्वाधार विकास तर्फ १४.९३ प्रतिशत, गरिवी निवारण तथा महिला लक्षित कार्यक्रमका लागि १४.२२ प्रतिशत र प्रशासनिक खर्च तर्फ १०.१३ प्रतिशत बजेट विनियोजन गरेको रानाले बताए ।

    बजेट कार्यान्वयन गर्ने क्रममा वनको दिगो व्यवस्थापनसँगै पर्यापर्यटनलाई विशेष जोड दिएको बताउँदै देवदह–७ मा अवस्थित स्मृति पार्क, सातपत्रे सिमसार र मङ्गल पुष्करिणी दहलाई जोड्नेगरी पूर्वाधार निर्माण गरिने उल्लेख गरे । उनले सामुदायिक वनको उपभोक्ता क्षेत्र भित्र युवा, विद्यार्थी बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरिने बताउँदै उपभोक्तालाई वन संरक्षण प्रति जागरुक बनाउन विभिन्न कर्यक्रमहरु संचालन गरिने बताए । 

    अध्यक्ष रानाले दक्षिण एसिया उपक्षेत्रिय आर्थिक सहयोगमा विद्युत प्रशारण तथा सुदृढिकरण परियोजना बुटवल लमही ४०० के.भी. प्रशारण योजनाले समुहको ८.८७ हेक्टर क्षेत्रफल असर गर्ने जानकारी दिदै सो क्रममा ३ हजार १ सय ३५ वटा रुख परियोजनाका कारण हटाउनुपर्ने आवश्यकता रहेको बताए ।

    परियोजनाका कारण समूहले पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै गरेको मंगल पुष्करिणी दह र सातपत्रे सिमसारको ५० मिटर दुरीमा विद्युत प्रसारण लाइन विस्तार हुने भएकाले परियोजनासँग क्षतीपूर्ति माग गर्ने सो अवसरमा उनले जानकारी दिए । 

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन बहादुर जिसीले सामुदायिक वनबाट उपभोक्ता केन्द्रित भएर धेरै कामहरु गर्न सकिने बताए । सामुदायिक वनहरुको स्थापनासँगै नेपालमा वनजंगल संरक्षणको काम प्रभावकारी भएको भन्दै उनले संरक्षणसँगै सही सदुपयोग पनि अहिलेको आवश्यकता भएको उल्लेख गरे । 

    सोही अवसरमा वरिष्ठ वन अधिकृत पुष्पराज श्रेष्ठ, बैज्ञानिक वन व्यवस्थापन महासंघ रुपन्देहीका अध्यक्ष चमकान्त गौडेल, गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष खेमनारायण  अधिकारी, शिवालय सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र उपाध्याय, समूहका सल्लाहकार पवन पौडेल लगाएतले बोल्दै सामुदायिक वनलाई परम्परागत तवरले भन्दा आधुनिक प्रविधिसँग जोड्न सकियो भने समुदायको जीवनस्तर उकास्न सकिने बताए ।  उनीहरुले वनको संरक्षण पहिलो प्रार्थमिकता भएको बताउँदै चोरी निकासी र आगलागी नियन्त्रण पछिल्ला दिनमा चुनौनी बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

    समूहका बरिष्ठ उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र सचिव वर्षा तिवारीको सञ्चालनमा भएको कार्यक्रममा ८० बर्ष माथिका २५ जना जेष्ठ नागरिक, २९ जना जना फरक क्षमता भएका व्यक्तिलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा स्थानीय सन्दिप आधारभुत विद्यालयलाई २ लाख रुपैंया नगद सहयोग र सोही विद्यालयका २ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको समुहका उपाध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रगति सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।