Logo

२०८३, श्रावण २७गते


images
images

संस्कृति

परम्परागत बाजा संरक्षण गर्न देवदहमा मादल बजाउने तालिम

परम्परागत बाजा संरक्षण गर्न देवदहमा मादल बजाउने तालिम

images
  • परम्परागत बाजा संरक्षण गर्न देवदहमा मादल बजाउने तालिम
    images
    images

    देवदह । परम्परागत बाजागाजाको प्रयोग समाजमा क्रमशः घट्दो क्रममा छ । आधुनिक ध्वनि उपकरण र पाश्चात्य शैलीको संगीतको प्रभावले युवापुस्ताको ध्यान आकर्षित गर्दा मौलिक बाजा भने ओझेल परिरहेको छ । तर पछिल्ला दिनहरुमा स्थानीय संघसंस्थाले परम्परागत बाजागाजा संरक्षणको पहल सुरु गरेको पाइन्छ । यसैबीचमा मौलिक संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले प्रगति सामुदायिक वन उपभोक्ता समूहले देवदह ९ घोडाहामा १५ दिने मादल बजाउने तालिम सम्पन्न गरेको छ । 

    images
    images
    images

    श्रावण २१ गतेदेखि सुरु भएको तालिममा सामुदायिक वनसँग आवद्ध ४८ जना महिलाहरुको सक्रिय सहभागिता रहेको वनका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए । महिला सहभागिताले तालिमलाई अझ सशक्त बनाएको समूहको निष्कर्ष छ । ‘महिलालाई परिवार र समुदायको सांस्कृतिक अभ्यासको मेरुदण्ड मानिन्छन् ।’ अध्यक्ष रानाले भने, ‘महिलाले सिकेका सीपलाई घर–परिवार तथा सामुदायिक कार्यक्रमसम्म पु‍र्याउने सम्भावना बढी हुन्छ ।’

    images
    images
    images

    समापन समारोहमा बोल्दै देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जि.सी.ले संगीतले मानिसलाई अनुशासित एकाग्र बनाउने बताए । उनले संगीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई, सामाजिक र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिने जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे । ‘सिकाइलाई अभ्यासमा नल्याए छिटो बिर्सने हुन्छ । त्यसैले तालिममा सिकेका कुरालाई प्रयोगमा ल्याउन आवश्यक हुन्छ ।’ उनले भने, ‘यो तालिमलाई प्रारम्भिक आधार मानेर निरन्तरता दिनु म तालिमका सहभागीहरुलाई आग्रह गर्दछु ।’ 

    images
    images
    images

    साथै उनले वडा नं ९ मा सबैभन्दा धेरै सामुदायिक बन भएकाले त्यसको सदुपयोग गर्दै वडावासीले फाइदा उठाउन सक्नुपर्ने बताए । 

    madal 1.JPG

    कार्यक्रममा वनका पूर्व अध्यक्ष तथा सल्लाहकार चमकान्त गौंडेल, खैराज शर्मा, प्रशिक्षक भगेन्द्र भगत, प्रशिक्षार्थी ललिता तिवारी लगाएतले बोल्दै मादललाई मौलिक बाजा मात्रै नभई सामुदायिक चेतना र आत्मीयताको प्रतीकका रूपमा व्याख्या गरे । ‘संगीतले ऊर्जा दिन्छ, स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्छ र मनलाई प्रसन्न बनाउन सहयोग गर्छ ।’ उनीहरुले भने, ‘यस अर्थमा तालिम केवल सांगीतिक अभ्यास नभई जीवनलाई अनुशासित र सशक्त बनाउन मद्दत गर्ने माध्यम पनि हो ।’

    समूहका अध्यक्ष दुर्ग बहादुर रानाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम वरिष्ठ उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र सचिव वर्षा तिवारीको सञ्चालनमा सम्पन्न भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।