Logo

२०८३, श्रावण २७गते


images
images

प्रगति सामुदायिक वनको १५औं साधारणसभा : एक करोड बढिको आयव्यय पारित

प्रगति सामुदायिक वनको १५औं साधारणसभा : एक करोड बढिको आयव्यय पारित

images
  • प्रगति सामुदायिक वनको १५औं साधारणसभा : एक करोड बढिको आयव्यय पारित
    images
    images

    मंसीर १५ । एक करोड १८ लाख ७६ हजार रुपैंया बरावरको आर्थिक प्रतिवेदन पारित गर्दै प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदह–९ को १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समहका अध्यक्ष दुर्गबहादुर रानाको अध्यक्षतामा सम्पन्न साधारण सभाले उक्त प्रतिवेदन पारित गरेको हो ।

    images
    images
    images

     विभिन्न शिर्षकमा काठदाउरा विक्रि र दातृ निकायहरुबाट अनुदान सहितको आम्दानीबट समुहले उक्त रकम वन विकास तथा सम्बद्र्धन शिर्षकमा ३५.७२ प्रतिशत, महिला शसक्तिकरणमा २१.९१ प्रतिशत, सामाजिक विकास तर्फ १४.८१ प्रतिशत र प्रशासनिक तर्फ ११.२७ प्रतिशत खर्च गरेको छ । 

    images
    images
    images

    साधारण सभाले आगामी आर्थिक बर्षको लागि एक करोड २१ लाख २८ हजार रुपैंया बराबरको अनुमानित आय ब्यय समेत परित गरेको छ । उक्त बजेटमा रहेर बनले वन संरक्षण तर्फ ६९ लाख १५ हजार, महिला लक्षित तथा गरिवि निवारण कार्यक्रम तर्फ १४ लाख ५० हजार, सामुदायिक विकास तर्फ २१ लाख ५० हजार र प्रशासनिक तर्फ १६ लाख १३ हजार रुपैंया खर्च गर्ने लक्ष्य राखेको छ ।

    images
    images
    images

    समुहले सातपत्रे सिमसार संरक्षण, वृक्षरोपण, शैक्षिक विकास, तटवन्धन, डढेलो नियन्त्रण, पर्यापर्यटन पुर्वाधार विकास, मंगलपुष्करिणी दह व्यवस्थापन र स्थानीय तहसंग समन्वय गरेर विकास निर्माणको काममा अग्रसरता लिने योजना अघि सारेको छ । 

    कार्यक्रममा बोल्दै वडा नं का अध्यक्ष मोहनबहादुर जिसीले सामुदायिक वनहरुले वन संरक्षणसंगै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक वनलाई उत्पादनसंग जोड्न सके आम उपभोक्ताहरुको आर्थिक अवस्था परिवर्तन गर्न सकिने बताए । ‘सामुदायिक वनले गरिवी निवारणमा लगानी गर्नुपर्छ, त्यसको लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक वन र वडा कार्यलयवनको विचमा सहकार्य आवश्यक छ ।’ उनले भने, ‘ वनको विकासले मात्र वातावरण संरक्षण गर्न सकिन्छ, त्यसैले खाली भएको वन क्षेत्रमा वृक्षरोपण गर्न आवश्यक छ ।’ 

    सोही अवसरमा सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रविन्द्रनाथ चौधरी, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, वडा सदस्य चमकान्त गौडेल, पुर्व अध्यक्ष डिल्लीराज पन्थ, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पाध्य, प्रेमपथ टोल विकास संस्थाका अध्यक्ष महेन्द्र क्षेत्री लगायतले बोल्दै समग्र वन क्षेत्रको अवस्था सुधार गर्न सामुदायिक वनले प्रभावकारी योजना अघिसानुपर्नेमा जोड दिए । 

    समुहका बरिष्ठ उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र सचिव बर्षा तिवारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रगति सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।