Logo

२०८३, श्रावण २७गते


images
images

प्रगति सामुदायिक वनको योजना तर्जुमा :  देवदहमा 'दह महोत्सव' गरिने

प्रगति सामुदायिक वनको योजना तर्जुमा :  देवदहमा 'दह महोत्सव' गरिने

images
  • प्रगति सामुदायिक वनको योजना तर्जुमा :  देवदहमा 'दह महोत्सव' गरिने
    images
    images

    देवदह । प्रगति सामुदायिक वन उपभोक्ता समूह देवदह-९ घोडाहाले आर्थिक बर्ष २०८१/८२ को लागि योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । समुहले चालु आर्थिक बर्षमा सामुदायिक वनमा गरिने संरक्षण, संवर्धन र सदुपयोगका लागि १ करोड २१ लाख ८२ हजार रुपैंया बराबरको बजेट विनियोजन गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    विभिन्न १२ वटा शिर्षकबाट आम्दानी गर्ने लक्ष्य राखेको वनले त्यसलाई वन विकास, गरिवी न्यूनिकरण, सामाजिक विकास तथा संस्थागत परिचालन लगाएत शिर्षक मार्फत खर्च गर्ने योजना बनाएको छ ।

    images
    images
    images

    योजना तर्जुमा गोष्ठिमा बोल्दै वडा नं ९ का अध्यक्ष मोहन बहादुर जिसीले समुदायको विकासका लागि सामुदायिक वन उपयुक्त माध्यम भएको बताए । वनबाट काठ दाउरा मात्र नभएर जडिबुटी र वनस्पती समेत प्राप्त गर्न सकिने भएपनि त्यसको पहिचान हुन नसकेको उल्लेख गरे । अध्यक्ष जिसीले भने, ‘केहिदिन अघि मात्र वडा कार्यालयको नेतृत्वमा यस क्षेत्रका विद्यार्थीहरुलाई सामुदायिक वनको अवलोकन गराईयो । प्राविधिक टोलीको सहयोगमा भएको उक्त अवलोकनको क्रममा ५० भन्दा बढि किसिमका वनस्पती तथा जडिबुटी फेला परे ।’ 

    images
    images
    images

    अध्यक्ष जिसीले सामुदायिक वन क्षेत्रमा रहेको देवदह दहको पहिचानलाई राष्ट्रिय र अन्तराष्ट्रि«य स्तरमा परिचित गराउनका लागि दह महोत्सव गर्ने समेत जानकारी गराए । देवदहको पहिचान र त्यसको उचित संरक्षण गरी नगरको गरिमा बढाउन सकिने उल्लेख गर्दै उनले वडाले गर्ने काममा साथ दिन आग्रह गरे ।
      
    सोही अवसरमा सितलनगर सव डिभिजन वन कार्यालयका बरिष्ठ वन अधिकृत रविन्द्र चौधरीले सामुदायिक वनहरु वन संरक्षणका मेरुदण्ड भएको बताउँदै प्राविधिक सहयोग र सहकार्यका लागि आफुहरु तत्पर रहेको बताए । 

    कार्यक्रममा गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेमनारायण अधिकारी, समुहका सल्लाहकार खैराज शर्मा, डिल्लीराज पन्थ, चमकान्त गौंडेल लगायतले बोल्दै समुदायको समग्र विकासका लागि सामुदायिक वनको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । 

    समुहका अध्यक्ष दुर्गबहादुर रानाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डोलराज न्यौपानेको स्वागत र बर्षा तिवारीको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।