काठमाडौं । चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड फेरी दुईतर्फी अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।
यसअघि आइतबार, सोमबार र मंगलबार बिहान पनि सोहि ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology