देवदह । प्रगती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा दुर्गा बहादुर राना निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा नेकपा एमाले तर्फका उम्मेदवार ईश्वरी घिमिरेलाई पराजित गर्दै गठबन्धनका तर्फका उम्मेदवार राना विजयी भएका हुन् ।
खसेको कुल ४ सय ३९ मतमध्य संयुक्त गठबन्धनका रानाले २ सय २६ मत पाएर बिजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार घिमिरेले २ सय १ मत प्राप्त गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डोलराज न्यौपाने राजुु, उपाध्यक्षमा दिपक पाण्डे, सचिव, कोषाध्यक्ष र सह-सचिवमा क्रमश बर्षा तिवारी, ऋषिराम खनाल र मनोज थापा बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।
गत चैत्र १ गते भएको टोलगत निर्वचनबाट निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी टुंगो लगाउने बिषयमा सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो ।
निर्वाचनमा उपाध्यक्ष पदमा विजयी दिपक पाण्डे एक मात्र एमाले निकट उम्मेदवार हुन भने बाँकी सबै पदमा संयुक्त गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।
निर्वाचनमा जम्मा ५ मत बदर भएको निर्वाचन संयोजक चन्द्र बहादुर भाट बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology