Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही-१ : ६६.३२ प्रतिशतले गरे मतदान, कुन वडामा कति मत खस्यो ?

रुपन्देही-१ : ६६.३२ प्रतिशतले गरे मतदान, कुन वडामा कति मत खस्यो ?

images
  • रुपन्देही-१ :  ६६.३२ प्रतिशतले गरे मतदान, कुन वडामा कति मत खस्यो ?
    images
    images

    देवदह । प्रतिनिधिसभा निर्वाचन २०८२ को बिहिवार सम्पन्न मतदानमा रुपन्देही क्षेत्र नं १ मा ६६.३२ प्रतिशत मत खसेको छ । कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको रुपन्देही–१ मा ९७ हजार २८५ मत खसेको निर्वाचन अधिकृत कपिल पौड्यालले जानकारी दिए ।

    images
    images
    images

    बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सकिएको मतदान कार्यमा उत्साहजनक मत खसेको अधिकृत पौड्यालले बताए । 

    images
    images
    images

    यस क्षेत्रमा देवदहका सबै अर्थात १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा (वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा र ओमसतिया गाउँपालिकाका ५ वटा (वडा नं १, ३, ४, ५, ६) वडा क्षेत्र नं १ मा समावेश छन् । जसमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।

    images
    images
    images

    कुल ४५ वटा मतदान स्थल रहेको रुपन्देही निर्वाचन क्षेत्र नं १ मा १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जनाएका छन् ।

    कुन वडामा कति मत खस्यो ?

    देवदह :  

    क्षेत्र नं १ अन्तर्गत ५१ हजार ६९ मतदाता रहेको देवदह नगरपालिकाका १३ वटा मतदान स्थलबाट कुल ३२ हजार २२२ मत खसेको छ । उक्त मत कुल मतदाता संख्याको ६३.०९ प्रतिशत हो । देवदह नगरपालिकाको वडा नं १ मा २ हजार ४०३ मत खसेको छ । जहाँ ३ हजार ६ सय ६९ मतदाता रहेका थिए । यसैगरी वडा नं २ मा २ हजार १६ मत खसेको छ । जहाँ ३ हजार ३ सय ७६ मतदाता रहेका थिए ।

    यस्तै वडा नं ३ मा २ हजार ११६ मत खसेको छ , जहाँ ३ हजार ४ सय २ मतदाता रहेका थिए ।  वडा नं ४ मा २ हजार ४६३ मत खसेको छ । जहाँ ३ हजार ७ सय मतदाता रहेका छन् । वडा नं ५ मा ३ हजार ६६० मत खसेको छ । हहाँ ६ हजार ४७ मतदाता रहेका छन् । वडा नं ६ मा २ हजार १२५ मत खसेको छ जहाँ मतदाता संख्या ३ हजार ५ सय ६९ रहेको थियो ।

    rupandehi 1.png

    यसैगरी वडा नं ७ मा ३ हजार ४८५ मत खसेको छ । जहाँ ५ हजार ७ सय ७१ मतदाता रहेका थिए । वडा नं ८ मा २ हजार २९५ मत खसेको छ । जहाँ ३ हजार ७ सय ७५ मतदाता रहेका थिए । वडा नं ९ मा २ हजार ५६३ मत खसेको छ । जहाँ ४ हजार १ सय ७९ मतदाता रहेका थिए ।

    यसैगरी वडा नं १० मा ३ हजार ६९१ मत खसेको छ । जहाँ ५ हजार ७ सय १७ मतदाता रहेका छन् । वडा नं ११ मा २ हजार ८९८ मत खसेको छ । जहाँ ४ हजार १ सय ७६ मतदाता रहेका थिए । भने वडा नं १२ मा २ हजार ५०७ मत खसेको छ । जहाँ ३ हजार ६ सय ८८ मतदाता रहेका थिए । 

    तिलोत्तमा :  

    यस निर्वाचन क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ४६ हजार ७७९ रहेकोमा ३१ हजार ५५१ मत खसेको छ । जन कुल मतदाता संख्याको ६७.४४ प्रतिशत हो । ९ वटा वडामा १२ वटा मतदान स्थल र ५० वटा मतदान केन्द्र रहेको तिलोत्तमामाको वडा नं ७ मा ५ हजार ९५३ मत खसेको छ । जहाँ ७ हजार ३ सय ३७ मतदाता रहेका थिए । वडा नं ८ मा ३ हजार ३६० मत खसेको छ । जहाँ ४ हजार ९ सय ७२ मतदाता रहेका थिए । वडा नं ९ मा ३ हजार ४३२ मत खसेको छ । जहाँ ५ हजार १ सय ५६ मतदाता रहेका थिए । वडा नं १० मा २ हजार ४१६ मत खसेको छ । जहाँ ३ हजार ६ सय ५ मतदाता रहेका थिए । वडा नं ११ मा ५ हजार १३० मत खसेको छ । जहाँ ७ हजार ६ सय ९२ मतदाता रहेका थिए । 

    यस्तै वडा नं १२ मा २ हजार ४०९ मत खसेको छ । जहाँ ३ हजार ५ सय ७६ मतदाता रहेका थिए । वडा नं १५ मा ३ हजार ३४ मत खसेको छ । जहाँ ४ हजार ५ सय ९२ मतदाता रहेका थिए । वडा नं १६ मा ३ हजार २१ मत खसेको छ । जहाँ ४ हजार ३ सय ७७ मतदाता रहेका थिए । वडा नं १७ मा ३ हजार ७८८ मत खसेको छ । जहाँ ५ हजार ४ सय ७२ मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीको मतदाता सुचीमा उल्लेख छ ।

    रोहिणी 

    यसैगरी क्षेत्र नं १ अन्तर्गत पर्ने रोहिणी गाउँपालिकाको यस क्षेत्रका कुल मतदाता संख्या २७ हजार ६८८ रहेका थिए । जसमा १८ हजार ६ सय ५४ मत खसेको छ । जुन कुल मतदाता संख्याको ६७.३७ प्रतिशत मत हो । ७ वटा वडामा ११ वटा मतदान स्थल रहेको रोहिणीमा ३२ वटा मतदान केन्द्र रहेका थिए ।

    रोहिणीको वडा न १ मा २ हजार ५१३ मत खसेको छ । जहाँ ३ हजार ९ सय ३७ मतदाता रहेका थिए । वडा नं २ मा १ हजार ८१३ मत खसेको छ । जहाँ  ४ हजार ७ सय १० मतदाता रहेका थिए । वडा नं ३ मा ३ हजार ६९६ मत खसेको छ । जहाँ ५ हजार ३ सय २७ मतदाता रहेका थिए । वडा नं ४ मा २ हजार ५६३ मत खसेको छ । जहाँ ३ हजार ६ सय ६० मतदाता रहेका थिए ।

    यस्तै रोहिणीको वडा नं ५ मा १ हजार ९०५ मत खसेको छ । जहाँ २ हजार ९ सय ११ मतदाता रहेका थिए । वडा नं ६ मा २ हजार २२३ मत खसेको छ । जहाँ ३ हजार ३ सय ३३ मतदाता रहेका थिए । भने वडा नं ७ मा २ हजार ६३१ मत खसेको छ, जहाँ ३ हजार ८ सय १० मतदाता रहेका थिए ।  

    ओमसतिया :  

    यसैगरी ५ वटा वडाहरु क्षेत्र नं १ मा पर्ने ओमसतिया गाउँपालिकामा २१ हजार २८८ मतदाता रहेका थिए । जहाँ १४ हजार ८५८ अर्थात ६९.७६ प्रतिशत मत खसेको छ । ९ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र रहेको ओमसतियाको वडा नं १ मा २ हजार ८२९ मत खसेको छ । जहाँ ४ हजार १ सय ८० मतदाता रहेका थिए । यस्तै वडा नं ३ मा २ हजार ७४३ मत खसेको छ । जहाँ ३ हजार ९ सय ३० मतदाता रहेका थिए । वडा नं ४ मा ३ हजार ६६२ मत खसेको छ । जहाँ ५ हजार ३ सय ७२ मतदाता रहेका थिए । वडा नं ५ मा २ हजार ७७९ मत खसेको छ । जहाँ ३ हजार ८ सय ४८ मतदाता रहेका थिए । वडा नं ६ मा २ हजार ८४५ मत खसेको छ । जहाँ ३ हजार ९ सय ५८ मतदाता रहेका थिए । 

    क्षेत्र नं १ मा राजनीतिक दलकातर्फबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि जम्मा ३१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका थिए । 
    यसअघि प्रकासित समाचारमा निर्वाचन कार्यालय क्षेत्र नं १ का प्रमुख कपिल पौड्यालले ९७ हजार ३७७ मत खसेको बताएपछि निर्वाचन कार्यलय रुपन्देहीको पछिल्लो तथ्याङ्कलाई हेर्दा ९२ मत फरक परेको छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।