देवदह । रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार न्यौपाने ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ ।
विजयी रज्जाक नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री हुन् भने पराजित न्यौपाने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology