देवदह । रुपन्देही क्षेत्र नं १ मा ६६.३२ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कपिल पौडेलले सेतोमसीसंग कुरा गर्दै ९७ हजार ३७७ भोट बताए ।
सबै बुथको मतपेटिका संकलनको कार्य जारी रहेको र सर्वदलिय बैठकपछि मत गणनाबारे निर्णय गरिने उनले बताए ।
यस क्षेत्रमा एक लाख ४६ हजार ८२४ जना मतदाता रहेका थिए ।
क्षेत्र नं १ मा राजनीतिक दलकातर्फबाट २० जना र स्वतन्त्रबाट ११ जना गरि जम्मा ३१ जनाको उम्मेदवार छन् ।
यस क्षेत्रमा देवदहका सबै अर्थात १२ वटा वडा, तिलोत्तमा नगरपालिकाका ९ वटा (वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७), रोहिणी गाउँपालिकाका सबै ७ वटा र ओमसतिया गाउँपालिकाका ५ वटा ( वडा नं १, ३, ४, ५, ६) वडा क्षेत्र नं १ मा समावेश छन् । जसमा कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् ।
कुल ४५ वटा मतदान स्थल रहेको रुपन्देही निर्वाचन क्षेत्र नं १ मा १५९ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय क्षेत्र नं १ रुपन्देहीका प्रवक्ता कमल नेपालीले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology