Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधी सभा निर्वाचन

रुपन्देही-१ : छोरी रास्वपाबाट समानुपातिक उम्मेदवार, बाबु माग्छन् एमालेलाई भोट

रुपन्देही-१ : छोरी रास्वपाबाट समानुपातिक उम्मेदवार, बाबु माग्छन् एमालेलाई भोट

images
  • रुपन्देही-१ : छोरी रास्वपाबाट समानुपातिक उम्मेदवार, बाबु माग्छन् एमालेलाई भोट
    images
    images

    देवदह । प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले मतदाता रिझाउने कार्यक्रम लिएर घरदैलो अभियान संचालन गरिरहेका छन् । आफुले समर्थन गरेको उम्मेदवारलाई मत माग्न दलका नेता तथा कार्यकर्ता अहिले व्यस्त देखिन्छन् ।

    images
    images
    images

    देशैभर उम्मेदवारहरु घरदैलोमा जुटिरहेका बेला रुपन्देही क्षेत्र नं १ मा भने केहिदिन यता रोचक चुनावी माहोल देखिएको छ । छोरी रास्वपाबाट समानुपातिक उम्मेदवार भईरहँदा उम्मेदवारका बाबुले नेकपा एमालेका उम्मेदवारलाई मत मागेको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा देखिन थालेको छ । 

    images
    images
    images

    एमाले परित्याग गरी रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी श्रद्धा कुँवरका बाबु गुमानसिँह कुँवरले नयाँलाई भोट दिनु हुन्न भन्दै एमालेको लागि भोट माग्न थालेपछि रास्वपामा समेत तनाब सुरु भएको छ । सेतोमसीलाई प्राप्त भिडियोमा कुँवरले नयाँलाई भुगोलबारे केहि थाह नभएकोले घर परिवारलाई सम्झाउनुपर्ने बताएका छन् । ‘यहाँहरुलाई मेरो पहिलो अनुरोध के छ भने हामीले धेरै संघर्ष गर्नुपर्नेछ, विदेशबाट आएका फोनहरु मान्छेहरु सबैलाई सम्झाउने झगडा गर्नु परेन, घरमा फ्याक्सन ल्याउन परेन ।  तैँले तेरो बाटो गर मैले मेरो बाटो गर्छु भन्न पनि परेन ।’ उनले भनेका छन्, ‘सल्लाहले हामीले आफुले सम्झाउन सकिएन भने के भनेर सम्झाउने होला भनेर अर्को साथीसँग सल्लाह लिनुपर्छ ।’ 

    images
    images
    images

    एमाले नेता बन्धु कुमालले आइतवार बिहान फेसबुकमा पोस्ट्याएको भिडियोमा कमेन्ट गर्दै रास्वपा देवदहका सभापति किरण भण्डारीले रास्वपाको समानुपातिक सूचीबाट 'छोरीको नाम हटाउन' माग गरेका छन् । गुमानसिङ कुँवरले एमाले कार्यकर्तालाई प्रशिक्षण दिंदै विदेशबाट केटाकेटीले भन्दैमा नयाँलाई भोट दिन नहुने र छोराछोरीले भनेको मान्न नहुने तर्कमा असहमत हुँदै सभापति भण्डारीले भनेका छन् - 'त्यत्तिकै हिम्मत छ भने आफ्नै घरमा भएको छोरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन भन्नुस् र राष्ट्रिय स्वतन्त्र पार्टी छोड्न भन्नुस् । ल देखाउनुस् तपाईंको हिम्मत हेरौँ ।'

    आफ्नै छोरी उम्मेदवार रहेको पार्टी प्रतिष्पर्धामा रहँदा एमालेलाई भोट मागेको बारे गुमानसिङ कुँवरसंग राखिएको जिज्ञासामा उनले आफु एमाले भएको हुनाले एमालेलाई भोट मागेको बताए । 'म एमाले हुँ, अनि कसलाई भोट माग्नु ? सेतोमसीलाई प्रतिक्रिया दिंदै कुँवरले भने, 'नयाँलाई भर्खरै विश्वास गर्ने आधार तयार भएको छैन । पछि त्यस्तो देखियो भने समर्थन गरौँला, अहिले सकिएन ।' 

    मतदातामाझ 'जान्नेलाई छान्ने तथा यो पटक मत परिवर्तन गरौं' जस्ता नारा बोकेर चुनावी मैदानमा उत्रिएको रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी श्रद्धा कुँवरका बुवाले आफ्नै छोरी उम्मेदवार भईरहँदा समेत अर्को पार्टीका उम्मेदवारका लागि मत मागेको भेटिएपछि रास्वपा कार्यकर्ता यतिबेला अन्योलमा परेका छन् ।

    रास्वपाको चुनाव प्रचारमा हिडिरहेका एक कार्यकर्ता आफ्नै उम्मेदवारका बाबुले अर्को पार्टीलाई भोट मागेपछि आफु अन्यौल भएको बताए । 'हामी रातदिन जसलाई जिताउन हिडेका छौं, उहाँकै परिवारले हाम्रा प्रतिष्पर्धीलाई भोट मागेपछि हामीले किन दु:ख गर्नुपर्यो भन्ने लाग्छ' उनले भने ।  

    'हामीले राजनीतिमा नयाँपन दिनुपर्छ, परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भनेर रास्वपालाई मत माग्ने तर उम्मेदवारको परिवारले नै अन्य पार्टिका उम्मेदवारलाई मत माग्दै हिँडेपछि हामीलाई निराश बनाएको छ ।'  सेतोमसीसँग कुरा गर्दै पार्टीका प्रदेश सदस्य तथा रुपन्देही-१ का रास्वपाका चुनावी कमान्डर प्रेम खत्रीले भने, 'हामीले इमान्दारिताका साथ श्रद्धा कुँवरलाई भोट मागेका छौं । उहाँकै घरबाट असहयोग हुन्छ भने उहाँलाई नै अफ्ठेरो पर्न सक्छ ।' 

    नेता खत्रीले एमाले परित्याग गरी रास्वपाको चुनावी अभियानमा जोडिन र अभियानको नेतृत्व गर्न भन्दै अगाडि आउन खोजिएकालाई पनि रोकिएको बताए । कुनै व्यक्तिको नाम किटान नगरी नेता खत्रीले सेतोमसीसंग भने, 'त्यस्तै एकजना प्रभावशाली एमाले नेताको परिवारका सदस्य हाम्रो अभियानमा जोडिन खोज्नु भएको थियो, माथिदेखि कुरा पनि गराउनु भयो तर हामीले रोक्यौँ । हामीलाई हाम्रो आन्दोलन, हामीले दु:ख गरेर बनाएको पार्टी अरु कसैले कब्जा गर्ने प्रयत्न गरिरहेको महसुस गरेका छौं । त्यसो हुन दिइने छैन ।' 

    त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही-१ मा त्यतिमात्र समस्या छैन । केही दिनअघि देवदह निवासी पार्टीका जिल्ला सचिवसमेत रहेका विष्णु पौडेलले सामाजिक संजालमा स्टाटस लेख्दै 'केही व्यक्तिका कारण ठुलो क्षति हुने खतरा' रहेको औंल्याएका थिए । तर उनले तुरुन्तै उक्त पोस्ट संजालबाट हटाएका छन्/नदेखिने बनाएका छन् । खासगरी पार्टी स्थापनाकालदेखि मेहनत गरेका रास्वपा कार्यकर्ताहरु आफुले बनाएको पार्टीमा 'अरु कसैले रजाईं गरेको' टिप्पणी गर्ने गर्छन् । 

    यस क्षेत्रमा रास्वपाका महामन्त्री सुनिल लम्साल सो पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार छन् । एमाले निकट विद्यार्थी संगठन अखिल राजनीतिको पृष्ठभुमी भएका उनी लुम्बिनी इञ्जिनियरिङ्ग कलेजमा सो संगठनबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनेका थिए । उनकी आमा जमुना लम्साल पनि एमालेको जिल्लास्तरिय नेता हुन् । जमुनाले सुनिल रास्वपाको उम्मेदवार बनेको दिन एमाले परित्याग गरेको घोषणा गरेकी थिइन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।