Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही-१ बाट एमालेका विश्वकर्मा विजयी

रुपन्देही-१ बाट एमालेका विश्वकर्मा विजयी

images
  • रुपन्देही-१ बाट एमालेका विश्वकर्मा विजयी
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले सचिव तथा क्षेत्रका पुर्व सांसद छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । यस क्षेत्रबाट उनको दोस्रो जीत हो । विश्वकर्माले २३ हजार ४ सय २४ मत ल्याएर विजयी हुँदा एमाले परित्याग गरि गठबन्धनको समर्थनमा चुनाब लडेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २० हजार १ सय २५ प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टिका धनिराम चौधरीले १३ हजार ६ सय ९३ प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १३ हजार २ सय २८ मत प्राप्त गरेका छन् । दुई पुर्व सहकर्मीबीचको प्रतिस्पर्धा रहेको यस क्षेत्रमा विश्वकर्माको यो दोस्रो जीत हो । यसअघि २०७४ सालमा एमाले माओवादी गठबन्धनबाट निर्वाचन जित्न सफल विश्वकर्माले यसपटक एमाले, राप्रपा र जसपाको गठबन्धनबाट निर्वाचन जितेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।