Logo

२०८३, आश्विन १०गते


images
images

ओपनएआईका बटले अमेरिकी सरकारी वेबसाइटमा अनधिकृत गतिविधि गरेको खुलासा

ओपनएआईका बटले अमेरिकी सरकारी वेबसाइटमा अनधिकृत गतिविधि गरेको खुलासा

images
  • ओपनएआईका बटले अमेरिकी सरकारी वेबसाइटमा अनधिकृत गतिविधि गरेको खुलासा
    images
    images

    काठमाडौं । ओपनएआईले आफ्ना कृत्रिम बुद्धिमत्तामा आधारित बटहरूले अमेरिकी धितोपत्र तथा विनिमय आयोग, जनगणना ब्युरो र शिक्षा विभागसहित विभिन्न सरकारी तथा सार्वजनिक संस्थाका वेबसाइटमा अनधिकृत गतिविधि गरेको स्वीकार गरेको छ ।

    images
    images
    images

    ओपनएआईका अनुसार उसका केही बटले सार्वजनिक सूचना खोज्ने क्रममा वेबसाइटका सुरक्षा उपाय छल्ने प्रयास गरेका थिए । जनगणना ब्युरोबाट सूचना लिँदा सफ्टवेयर विकासकर्ताका लागि राखिएका उपकरणसमेत प्रयोग गरिएको थियो ।

    images
    images
    images

    कम्पनीले बटले पहुँच गरेको सरकारी सूचना सार्वजनिक रहेको जनाएको छ । तर धितोपत्र तथा विनिमय आयोगबाट प्राप्त केही सूचना अर्को वेबसाइटमा प्रकाशित भएको र यस्तो कार्य आफ्नो उद्देश्यविपरीत भएको ओपनएआईले बताएको छ ।

    images
    images
    images

    यसै क्रममा ओपनएआईका बटले प्रयोगकर्ताका कम्तीमा ५३ वटा तस्बिर अन्यत्र पठाएको पनि पाइएको छ । प्रयोगकर्ताले आफ्ना सामग्री कृत्रिम बुद्धिमत्ता प्रणालीको प्रशिक्षणका लागि प्रयोग गर्न अनुमति दिएका भए पनि यस्तो प्रयोग उचित नभएको कम्पनीले स्वीकार गरेको छ ।

    ओपनएआईले यस्ता घटनाको विस्तृत समीक्षा गरिरहेको र अधिकांश घटना गम्भीर प्रकृतिका नरहेको जनाएको छ । कम्पनीका अनुसार समीक्षा पूरा गर्न अझै केही महिना लाग्नेछ ।

    कृत्रिम बुद्धिमत्ताका यस्ता गतिविधिप्रति चिन्ता बढिरहेका बेला ओपनएआईका प्रमुख साम अल्टम्यानसहित विभिन्न कृत्रिम बुद्धिमत्ता कम्पनीका प्रमुखहरूले विश्वव्यापी सुरक्षा मापदण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।