Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

रुपन्देही-१ का अपुरा योजना पुरा गर्न नेकपा एमालेलाई भोट : उम्मेदवार न्यौपाने

रुपन्देही-१ का अपुरा योजना पुरा गर्न नेकपा एमालेलाई भोट : उम्मेदवार न्यौपाने

images
  • रुपन्देही-१ का अपुरा योजना पुरा गर्न नेकपा एमालेलाई भोट : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । निर्वाचनको मिति नजिकिएसँगै यस क्षेत्रका राजनीतिक दलहरुले प्रचारप्रसार तथा कार्यकर्ता भेटघाटलाई तिव्र पारेका छन् ।  सोहि क्रममा नेकपा एमाले देवदह-४ ले निर्वाचन केन्द्रित वडा भेला गरेको छ । 

    images
    images
    images

    भेलालाई सम्बोदन गर्दै एमालेको तर्फबाट क्षेत्र नं-१ का उम्मेदवार दधिराम न्यौपानेले  देश र जनताको पक्षमा नेकपा एमाले निरन्तर लागि रहने बताए । न्यौपानेले रुपन्देही-१ मा रहेका अपुरा योजना पुरा गर्न नेकपा एमालेको जित आवश्यक रहेको बताए । पार्टीका केन्द्रिय सदस्य समेत रहेका न्यौपानेले नागरिकको समस्या समाधानमा नेकपा एमाले निन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images

    न्यौपानेले राष्ट्र बचाउनका लागि यसपटकको मत एमालेलाई दिनुपर्ने बताउँदै एमालेलाई जिताउन आम नागरिक लाग्नु पर्नेमा जोड दिए । आन्दोलनलाई दुरुपयोग गरेर देशमा बिध्वंश मच्चाएकाहरुले देशको विकास गर्छु भन्नू हास्यास्पद रहेको उनको भनाई छ । 

    images
    images
    images

    उम्मेदवार न्यौपानेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल गर्ने दावी गर्दै यस पटक देश बनाउनेलाई मत दिएर देश जलाउनेहरुलाई पराजित गर्न नागरिक आफै लाग्नु पर्नेमा जोड दिए । 

    शाखा कमिटि अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षता, जिल्ला कमिटि सदस्य चक्रपाणी तिवारीको स्वागत र नारायणप्रसाद सिग्देलको सञ्चालनमा सम्पन्न भएका भेलाले निर्वाचन परिचालनका लागि विभिन्न समितिहरु गठन गरेको एमाले प्रचार प्रसार विभाग क्षेत्र नं १ ले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।