Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही-१ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने प्रज्जवल बोहराको योजना

रुपन्देही-१ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने प्रज्जवल बोहराको योजना

images
  • रुपन्देही-१ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने प्रज्जवल बोहराको योजना
    images
    images

    धकधई । रुपन्देही-१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले फोहोर प्रशोधन केन्द्र निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् ।

    images
    images
    images

    चुनावी अभियानका क्रममा विभिन्न स्थानमा मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले पछिल्ला बर्षमा रुपन्देही-१ मा बढ्दो सहरीकरण र बस्तीसँगै फोहोरको समस्या पनि बढ्दै जान थालेकाले यसको व्यवस्थापन गर्न फोहोर प्रशोधन केन्द्र निर्माणको आवश्यकता भएको बताए ।

    images
    images
    images

    ‘उत्तरी भेगमा रहेको देवदह, खैरहनी, शितलनगर, भलुही लगायतका क्षेत्र र दक्षिणी भेगमा रहेका धकधई, बसन्तपुर, वाइपास लगायतका क्षेत्र तिब्र गतीले सहरीकरणतर्फ उन्मुख छन्’, बोहराले भने, ‘सहरीकरण व्यवस्थापनका लागि अति आवश्यक पूर्वाधारमध्ये पर्ने फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने बिषय मेरो प्राथमिकतामा छ ।’

    images
    images
    images

    उत्तरमा पर्ने पूर्व पश्चिम राजमार्गसँग जोडिएका क्षेत्र र दक्षिणमा पर्ने हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रमा बढ्दो आवादीका कारण घनाबस्तीमा रुपान्तरण हुँदै जान थाले पनि फोहोर व्यवस्थापन भने प्रभावकारी रुपमा हुन नसकेकाले यसतर्फ आफ्नो ध्यान आकृष्ट भएको उनले जनाए ।

    पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गसँग जोडिएका क्षेत्र बाहेक रुपन्देही-१ मा रहेका भित्रि बस्तीहरु पनि नगरोन्मुख अवस्थामा छन् । पछिल्लो केही बर्ष यता हुलाकी राजमार्ग अन्तर्गत भैरहवा-परासी खण्डमा औद्योगिकरण बढेसँगै फोहोरको व्यवस्थापनको बिषय चुनौतीपूर्ण बन्दै जान थालेको छ । फोहर व्यवस्थापन कार्यलाई स्थानीय निकायहरुले पनि प्रभावकारी रुपमा व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

    ‘राजमार्ग तथा सडक किनारा क्षेत्रमा रहेका बस्तीहरुमा यत्रतत्र फोहोर फ्याँकिएका छन् । फोहोरको उचित व्यवस्थापन हुन नसक्दा कतिपय ठाउँमा दुर्गन्ध फैलिने गरेको छ’, बोहराले भने, ‘फोहोरको व्यवस्थापन हुन नसक्दा मानव स्वास्थ्यमा पनि प्रतिकुल असर पार्न थालेको छ । यसलाई समयमैं व्यवस्थापन गर्न सकिएन भने फोहोरमैलाको समस्या बिकराल र जटिल बन्ने छ ।’

    रुपन्देही-१ का सवै स्थानीय तहलाई पायक पर्ने स्थानको खोजी गरि फोहोर प्रशोधन केन्द्रको निर्माण गरिने जनाउँदै उनले यसका लागि आवश्यक स्रोत जुटाउनेतर्फ आफू लागेको बताए । ‘क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन पनि फोहोर व्यवस्थापन जरुरी छ’, उनले भने, ‘राम्रो प्रशेधन केन्द्र निर्माण गरी फोहोरलाई मोहरमा परिणत गर्ने मेरो लक्ष्य छ । यसमा मैले काम गर्छु । सबैलाई पायक पर्ने ठाउँमा प्रशोधन केन्द्र बनाइन्छ ।’

    उनले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । राप्रपा उम्मेदवार बोहराले कुहिनेलाई मल र नहुकिनेलाई पुनः प्रयोगमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।