Logo

२०८३, श्रावण २७गते


images
images

इलेक्सन लेन्स

रास्वपा नेता कुँवरद्धारा पार्टी परित्याग, उम्मेदवार सुनिल लम्साललाई लगाए गम्भिर आरोप

रास्वपा नेता कुँवरद्धारा पार्टी परित्याग, उम्मेदवार सुनिल लम्साललाई लगाए गम्भिर आरोप

images
  • रास्वपा नेता कुँवरद्धारा पार्टी परित्याग, उम्मेदवार सुनिल लम्साललाई लगाए गम्भिर आरोप
    images
    images

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रुपन्देही क्षेत्र नं. १ का नेता अधिवक्ता डा. श्री बहादुर कुँवरले पार्टी परित्याग गरेका छन् । बिहिवार पार्टी केन्द्रीय सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको जनाएका हुन् । 

    images
    images
    images

    राजिनामा पत्रमा उनले आफूले राजनीतिक विद्रोहको अधिकार प्रयोग गर्दै पार्टी परित्याग गरेको बताएका छन् । आफु स्थापना कालदेखि पार्टीमा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गरे । प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा रहे पनि पार्टीले प्राइमरी भोटिङ नगरी सुनिल लम्साललाई टिकट दिएको भन्दै उनले असहमति जनाएका छन् । 

    images
    images
    images

    परिवारसहित अमेरिकामा रहेका उनी रास्वपाको प्राइमरी भोटिङमा सहभागी हुन नेपाल आएका थिए । तर निर्वाचनको मुखमा काठमाडौं महानगरका तत्कालिन मेयर बालेन्द्र साह (बालेन) सहितको टिम रास्वपामा समाहित भएपछि रुपन्देही क्षेत्र नं १ बालेनको भागमा पर्यो । माघ २० गतेको मितिमा लेखिएको राजिनामा पत्रमा कुँवरले बालेनको कोटाबाट सुनिल लम्साल उम्मेदवार बनेकोप्रति टिप्पणी गर्दै प्राइमरी इलेक्सन नगरी पार्टीले खल्तीबाट लम्साललाई टिकट दिएको आरोप लगाएका छन् ।   

    images
    images
    images

    टिकट वितरण प्रक्रियामा असहमति जनाउंदै उनले यसअघि नै प्रगतिशील लोकतात्रिक पार्टीबाट मनोनय दर्ता गरेका थिए । पछि रास्वपा महामन्त्री समेत रहेका रुपन्देही क्षेत्र नं १ का उम्मेदवार लम्सालसंग भेटगरी माघ १४ गते सहमति गरेको सामाजिक सञ्जाल मार्फत जनाएका थिए । सहमति पश्चात आफ्नो उम्मेदवारी कायम रहेपनि उनले रास्वपाको आधिकारीक उम्मेदवारलाई सघाउने गरि पार्टी काममा फर्किएका थिए ।  

    राजिनामाको भित्रि रहस्य बुझ्न सेतोमसीले राखेको जिज्ञासामामा कुँवरले पार्टी क्षेत्रीय समिति र उम्मेदवारसंगको सहमतिमा आफु पछि हटेपनि उम्मेदवार लम्साल र उनको सचिवालयका कारण आफु पार्टी परित्याग गर्न बाध्य भएको बताए । ‘मलाई आगामी निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यको टिकट दिने सहमतिमा म पछि हटेको हुँ, तर उम्मेदवार लम्सालको प्रवृत्तिले म खिन्न भएँ, उनले भने ।

    आफु अमेरिका रहँदा हरेक महिना पार्टीलाई आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै राजनीति शास्त्रबाट पब्लिक लिडरसिपमा पीएचडी गरेका उनले अमेरिकाबाट आफ्नो कमिटीमा रहेका १०० जनाले १०० डलर (ने.रु.करिव १५ लाख रुपैंया) का दरले हरेक महिना सहयोग पठाउने गरेको दावी गरे ।   

    ‘हामीले गास काटेर पार्टीलाई पैसा पठाइयो, समय दिइयो तर नवप्रवेशीहरुले त्यसको मूल्य बुझेनन् ।’ आक्रोश पोख्दै उनले भने, ‘म यहाँ अहिलेका उम्मेदवारलाई जिताउनको लागि आर्थिक, भौतिक सबै सहयोग गर्न तयार भएँ तर उनीहरुले त्यो चाहेनन् । चुनावमा आर्थिक संकलन गरौं भन्दा पैसा जतिपनि छ, चिन्ता नगर्नु भनेर स्वयम् उम्मेदवारले भन्नु भयो । मेरो प्रश्न छ, जतिपनि पैसा छ भने त्यसको स्रोत के हो ? कहाँबाट, कसले, किन दिएको छ पैसा ? त्यो हामीलाई थाहा हुनुपर्दैन ? मलाई उहाँहरुको राष्ट्रप्रेममै शंका लाग्यो र पार्टी छोड्ने निर्णय गरें ।’ 

    आफ्नो निर्णय अन्तिम रहेको बताउँदै कुँवरले आफु पार्टी सभापति रवि लामिछानेलाई हेरेर पार्टीमा लागेको उल्लेख गरे । अव रास्वपा राजनीतिमा कुनै हालतमा नफर्किने बताएका उनले पार्टी सभापति लामिछाने स्वयम्ले फोन गरेपनि  पार्टीमा नफर्किने दोहोर्याए ।

    राजीनामा बारे रास्वपा रुपन्देही १ का उम्मेदवार सुनिल लम्साललाई सम्पर्क गर्दा उनका स्वकिय सचिव नारायण अर्यालले फोन उठाए । उनले उम्मेदवार लम्साल व्ययस्त रहेको र आफुँ यसबारे अनविज्ञ रहेकाले थप बोल्न नचाहेको प्रतिकृया दिए ।

    कुँवरको राजिनामाबारे रास्वपा क्षेत्रीय निर्वाचन प्रचारप्रसार समितिका सचिव मोहन विक्रम जिसीसँग जिज्ञासा राख्दा कुँवरले राजिनामाको क्रममा लगाएका आरोपहरु आधारहिन रहेको बताए । राजिनामा दिएका कुँवरले आँफु र छोरीसमेत रास्वपाबाट उम्मेदवार बन्न इच्छाएपनि त्यसो हुन नसकेको झोँकमा उम्मेदवारलाई आरोप लगाएको जिसीले प्रतिक्रिया दिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # रुपन्देही-१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।