Logo

२०८३, श्रावण २७गते


images
images

स्पष्ट नीति, योजना र नेतृत्वका कारण एमालेमाथि प्रहार : नेता विश्वकर्मा

स्पष्ट नीति, योजना र नेतृत्वका कारण एमालेमाथि प्रहार : नेता विश्वकर्मा

images
  • स्पष्ट नीति, योजना र नेतृत्वका कारण एमालेमाथि प्रहार : नेता विश्वकर्मा
    images
    images

    देवदह ।  नेकपा (एमाले) केन्द्रीय सचिव छविलाल विश्वकर्माले पार्टीको स्पष्ट नीति, योजना र नेतृत्वका कारण एमालेमाथि प्रहार भइरहेको बताएका छन् । उनले आगामी निर्वाचनपछि पार्टी अझ सशक्त रूपमा देश विकासमा लाग्ने बताए ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई आगामी १० वर्षभित्र तीव्र विकासको मार्गमा अघि बढाउने लक्ष्य लिइएको दाबी गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै पार्टीका उम्मेदवार दधिराम न्यौपानेले मानव शक्ति र प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्दै खानी सञ्चालन गर्ने तथा उत्पादनमुखी अर्थतन्त्र सुदृढ गर्ने योजना पार्टीले अघि सारेको बताए ।

    images
    images
    images

    'एमाले विजयी भए देशले समृद्धिको स्पष्ट बाटो समाउने छ' उनले भने ।

    कार्यक्रममा प्रदेश कमिटी सदस्य कबिराम अर्याल, एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, सचिव राधा शाही, नेता विष्णु बराल क्षेत्री, उमेशचन्द्र सस्याललगायतले सम्बोधन गरे ।  

    एमालेले रुपन्देही-१ अन्तर्गत तिलोत्तमा–११, ७, ९, १५, १६ तथा देवदह-१२ लगायत स्थानमा निर्वाचन परिचालन तथा प्रचार-प्रसार कमिटीको कार्यालय स्थापना गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छविलाल विश्वकर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।