Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधी सभा निर्वाचन २०८२

एमालेबाट रुपन्देही-१ मा चौथोपटक छविलाल, न्यौपानेद्वय पनि थाकेनन्

एमालेबाट रुपन्देही-१ मा चौथोपटक छविलाल, न्यौपानेद्वय पनि थाकेनन्

पुरानै अनुहार दोहोरिँदा कार्यकर्ता असन्तुष्ट
images
  • एमालेबाट रुपन्देही-१ मा चौथोपटक छविलाल, न्यौपानेद्वय पनि थाकेनन्
    images
    images

    देवदह । नेकपा (एमाले) रुपन्देही क्षेत्र नं १ ले केन्द्रिय सचिव छविलाल विश्वकर्मालाई चौथो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा अघि सारेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमाले क्षेत्र नम्वर १ रुपन्देहीले विश्वकर्मालाई चौथोपटक उम्मेदवारको रुपमा अघि सारेको हो । 

    images
    images
    images

    केन्द्रिय सचिव विश्वकर्मा यसअघि २०७०, २०७४, २०७९ मा समेत क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । जसमध्ये उनी २०७४ मा नेपाली कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका थिए भने त्यसयताका दुई निर्वाचनमा उनी विजयी हुँदै आएका छन् ।

    images
    images
    images

    २०८२ फाल्गुन २१ गते हुन गईरहेको निर्वाचनमा यो पटक एमाले क्षेत्र नं १ ले विश्वकर्मासँगै अन्य २ जनाको नाम पनि सिफारिस गरेको छ । पार्टीको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकले २ नम्बरमा पार्टीका केन्द्रिय सदस्य दधिराम न्यौपाने र ३ नम्बरमा अनुशासन आयोगका सदस्य डा.कृष्णप्रसाद न्यौपानेको नाम सिफारिस गरेको पार्टीका क्षेत्रीय सह–संयोजक प्रकाश अर्यालले जानकारी दिए । 

    images
    images
    images

    न्यौपानेद्धय मध्ये दधिराम वि.स. २०७४ र २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका थिए । जसमा उनी २०७४ को निर्वाचनमा विजयी भएका थिए भने २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका अब्दुल रज्जाकसंग पराजित भएका थिए । 

    त्यस्तै एमाले क्षेत्र नं १ द्धारा तेस्रो उम्मेदवारको रुपमा प्रस्तुत गरिएका डा. कृष्णप्रसाद न्यौपाने २०७४ सालको निर्वाचनमा क्षेत्र १ 'क' बाट लुम्बिनी प्रदेश सदस्यमा विजयी भएका थिए । उनले २०७९ को निर्वाचनमा उम्मेदवारी दिएनन् तर सोही निर्वाचनमा श्रीमती जानुका न्यौपानेलाई समानुपातिक तर्फको उम्मेदवारको रुपमा प्रस्तुत गरे । जसमा उनले जीत हात पार्दै समानुपातिक प्रदेश सांसद बन्न सफल भईन् ।  

    पछिल्लो राजनीतिक परिवर्तनसंगै देशव्यापी रुपमा नयाँ अनुहारको माग भइरहेपनि रुपन्देही क्षेत्र नं १ बाट पुरानै अनुहार दोहोरिएसँगै एमाले कार्यकताहरुमा असन्तुष्टि देखिएको छ । कार्यकर्ताहरुले सामाजिक सञ्जालमा प्रतिकृया जनाउँदै क्षेत्र नं १ मा नयाँ अनुहार नभएरै यस्तो सिफारिस गरिएको हो ? भन्ने प्रश्न गरेका छन् । 

    उम्मेदवार चयनको विषयमा के मतदाताले भनेजस्तै एमालेमा नयाँ अनुहार नभएकै हो त ? भन्ने सेतोमसीको प्रश्नमा एमाले क्षेत्रीय सह-संयोजक प्रकाश अर्यालले भने, ‘हामीसँग नयाँ अनुहार नभएका होईनन्, उहाँहरुले इच्छा जाहेर गर्नु भो । फेरी निकै प्रतिष्पर्धात्मक आँकलन गरिएको यसपटकको निर्वाचनमा जित्ने उम्मेदवार उठाउनुपर्ने बाध्यता पनि हाम्रो सामु छ ।’

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना दलहरुमा पुस्तान्तरणको मुद्धा जोडतोडका साथ उठिरहेको छ । तर उनीहरुले कार्यकर्ता वृत्तबाट उठेको उक्त मुद्धालाई खासै चासो दिएका छैनन् । यसअघि निर्वाचन आयोगले मागेको समानुपातिक सूचीमा समेत दलहरुले अधिकांश पुराना र नेतृत्व निकटका व्यक्तिलाई स्थान दिएपछि त्यसको व्यापक विरोध भएको छ । नेकपा एमालेले रुपन्देहीबाट एकजना पनि समानुपातिक उम्मेदवार प्रस्तुत गर्न नसक्दा कार्यकता थप निराश देखिन्छन् ।

    एमाले छाडेकी श्रद्धा रास्वपाको समानुपातिक सूचीमा 

    यता नेकपा एमालेको युवा संगठन युवा संघ नेपालकी केन्द्रिय सदस्य श्रद्धा कुँवरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीमा समावेश गरेको छ । युवा नेतृको रुपमा उदाउँदै गरेकी उनी एकाएक रास्वपाको समानुपातिक सूचीमा खस-आर्य महिलातर्फ चौथो नम्बरमा अटाएपछि यस क्षेत्रका एमाले कार्यकर्ताहरुले समेत उनलाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

    जेनजी आन्दोलनमा सरकार र पार्टीको नेतृत्व गरिरहेका हिसावले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले जिम्मेवारी नलिएको भन्दै उनी पार्टीबाट अलग भएकी थिईन् । 

    एमालेको उम्मेदवार सिफारिसको विषयमा सेतोमसीसंग कुरा गर्दै गत महिना सम्पन्न एमाले महाधिवेशनमा नेतृत्व परिवर्तनको आवाज उठाएका नेकपा एमाले निकट युवा संघका पूर्व प्रदेश कमिटी अध्यक्ष सुरज खरेलले समेत एमालेले अघि सारेका उम्मेदवारहरुलाई डेट एक्सपाएरको संज्ञा दिएका छन् । ‘रक्सी बाहेक अरु सबै बस्तु पुरानो भएपछि एक्सपाएर हुन्छ, तर पुराना दलहरुले त्यहि रक्सी प्रयोग गरेर निर्वाचन जित्ने परिपाटी कहिले सम्म कायम रहने ?’ उनले एमालेको सिफारीस पुरानै राजनीतिक संस्कारको पुनरावृत्ति भएको बताउँदै पुराना दलहरु नसच्चिए सक्किने प्रतिकृया दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।