Logo

२०८३, श्रावण २७गते


images
images

सचेत र जिम्मेवार नागरिक निर्माणमा संचारक्षेत्रको भूमिका महत्वपुर्ण : सांसद विश्वकर्मा

सचेत र जिम्मेवार नागरिक निर्माणमा संचारक्षेत्रको भूमिका महत्वपुर्ण : सांसद विश्वकर्मा

images
  • सचेत र जिम्मेवार नागरिक निर्माणमा संचारक्षेत्रको भूमिका महत्वपुर्ण : सांसद विश्वकर्मा
    images
    images

    देवदह । रूपन्देही क्षेत्र नं. १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्माले सचेत र जिम्मेवार नागरिक निर्माणमा संचारक्षेत्रको भूमिका महत्वपुर्ण हुने बताएका छन् । बिहिबार देवदह प्रेस क्लबद्वारा आयोजित व्यावसायिक पत्रकारिता र श्रमजीवी पत्रकारको सुरक्षा सवाल अन्तरक्रिया तथा चाडपर्व विशेष शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले नागरिकलाई अधिकार र कर्तव्यप्रति सचेत बनाउन मिडियाको भूमिका महत्वपुर्ण हुने बताए । 

    images
    images
    images

    नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका सांसद विश्वकर्माले व्यावसायिक पत्रकारिता र पेशागत रूपमा सुरक्षित श्रमजीवी पत्रकारले मात्र पत्रकारिताको मर्म अनुसार काम गर्न सक्ने भएकोले संचारमाध्ययम र पत्रकारको विषयमा राज्य संयन्त्र सजग हुनुपर्नेमा जोड दिए । अहिले नागरिक अधिकारको विषय बढी उठ्ने र नागरिक कर्तव्यको विषय ओझेलमा परेको जस्तो देखिएको उल्लेख गर्दै उनले समाजमा दृष्टिकोण प्रदान गर्ने र असल समाज निर्माणमा योगदान दिने कार्य समेत संचारकर्मीले गर्दै आएकोमा खुसी व्यक्त गरे । 

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिका पत्रकार र स्थानिय संचारमाध्यमको वृत्तिविकासमा लागिपरेको बताईन । श्रमजीवी पत्रकारले आफुले महिनाभरी काम गरेको तलब सुविधा समयमै पाउन समेत नसकेको दु:ख व्यक्त गरिन । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै अग्रज पत्रकार समेत रहेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले पत्रकारिता सधै समाजसंग संगै बग्न नसक्ने र कहिलेकाही 'एन्टी करेन्ट' समेत हुनुपर्ने भएकोले पत्रकारले 'थ्रेट'को सामना गर्नुपर्ने अवस्था आउने बताए । कार्ल मार्क्सले पत्रकारले बाच्नको लागि लेख्ने कि, लेख्नको लागि बाच्ने भन्नेमा लेखक तथा पत्रकार 'क्लियर' हुनुपर्ने कुरा उल्लेख गरेको जनाउंदै भट्टराईले यसमा वहस आवश्यक रहेको बताए । 

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा देवदहका विभिन्न सामुदायिक वन, विद्यालय, सहकारी र संघसंस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो । 

    क्लबका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमला अर्यालको स्वागत तथा सचिव निर्मल थापाको संचालन रहेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।