देवदह । देवदहमा आयोजित रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । युवा रेडक्रस सर्कल देवदह आदर्श बहुमुखी क्याम्पस, लायन्स क्लब अफ देवदह र रोटरी क्लब अफ देवदहद्वारा शुक्रवार आयोजित कार्यक्रममा २८ जना नयाँसहित ६० जनाले रक्तदान गरेका हुन् ।
'रगत दिए रगत पाइन्छ' भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, क्याम्पस संचालक समिति अध्यक्ष वासुदेव रिमाल लगायतको उपस्थिति रहेको थियो ।
रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा संचालित कार्यक्रमको सहयोगी संस्थामा देवदह आदर्श क्याम्पस र स्ववियुसंगै देवदह प्रेस क्लब, नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र एमसन् प्रिन्टर्स रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology