देवदह । रोटरी क्लब अफ देवदहले सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले रोटरी सिकाइ तथा नेतृत्व विकास सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । ज्ञान सुदृढीकरण , नेतृत्व विकास तथा फेलोशिप अभिवृद्धि भन्ने मूल नाराकासाथ कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।
कार्यक्रममा उमेशचन्द्र आचार्यले रोटरी भनेको के हो ?, शिव ज्ञवालीले नेतृत्व विकास तथा रोटरी नेतृत्व तथा राजेन्द्र ढकालले रोटरीका पाँच स्टैंडिंग समितिका भूमिका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट जय किशन अधिकारी, क्लबका पूर्व अध्यक्षहरु र सदस्यहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology