देवदह । भोटेकोशीमा आएको बाढीमा दुई छोरा बेपत्ता भएका देवदह–७ का अधिकारी परिवारलाई रोटरी क्लब अफ देवदहले आर्थिक सहयोग गरेको छ ।
बुधवार अधिकारी निवासमै पुगेर देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङ र नगर प्रवक्ता गणेश डुम्रेको रोहवरमा क्लबका पदाधिकारीले शारदा अधिकारीलाई ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीमा परी दुई छोरा बेपत्ता भएपछि दुःखमा रहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology