Logo

२०८३, कार्तिक ७गते


images
images

डिपिएल

डिपिएलका रनबाट पोलियो उन्मूलन र छात्रवृत्तिमा सहयोग, डट बलमा वृक्षरोपण

डिपिएलका रनबाट पोलियो उन्मूलन र छात्रवृत्तिमा सहयोग, डट बलमा वृक्षरोपण

images
  • डिपिएलका रनबाट पोलियो उन्मूलन र छात्रवृत्तिमा सहयोग, डट बलमा वृक्षरोपण
    images
    images

    देवदह । क्रिकेटलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले देवदह प्रिमियर लिग (डिपिएल) मार्फत पोलियो उन्मूलन, विद्यार्थीलाई छात्रवृत्ति र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    images
    images
    images

    यसका लागि रोटरी क्लब अफ देवदह र डी–युनिटी युवा क्लबबीच दुई वर्षसम्म सहकार्य गर्ने सम्झौता भएको छ । २०८३ कार्तिक १ गते भएको सम्झौतामा रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी र डी–युनिटी युवा क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    सम्झौताअनुसार डिपिएलमा खेलाडीले बनाउने प्रत्येक रनबापत एक रुपैयाँ रोटरी क्लब अफ देवदहले रोटरी फाउन्डेसनको पोलियोप्लस कोषमा जम्मा गर्नेछ । खेल मैदानमा खेलाडीले बनाएको रन यसरी पोलियो उन्मूलन अभियानमा सहयोग पुर्‍याउने माध्यम बन्नेछ ।

    images
    images
    images

    त्यस्तै, ‘विङ्स अफ होप छात्रवृत्ति’ कार्यक्रममार्फत देवदह क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । खेलाडीले बनाएको प्रत्येक ५० रन पूरा हुँदा ५० रुपैयाँ, १०० रनमा १०० रुपैयाँ, १५० रनमा १५० रुपैयाँ र त्यसपछि प्रत्येक थप ५० रनमा ५० रुपैयाँका दरले छात्रवृत्ति कोषमा रकम थपिने सम्झौतामा उल्लेख छ । संकलित रकम डिपिएलको फाइनल खेलका दिन संयुक्त रूपमा वितरण गरिनेछ ।

    खेललाई वातावरण संरक्षणसँग जोड्ने कार्यक्रम पनि सम्झौतामा समेटिएको छ । प्रतियोगिताको प्लेअफ तथा फाइनल खेलमा हुने प्रत्येक डट बलबापत एउटा बिरुवा रोपिनेछ । रोपिएका बिरुवाको नियमित हेरचाह र संरक्षण गर्ने जिम्मेवारी दुवै संस्थाले लिनेछन् ।

    डिपिएलका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक खेलमा उत्कृष्ट फिल्डर छनोट गरी ‘क्याच द पोलियो ड्रप–बेस्ट फिल्डर अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि प्रतिखेल दुई हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जना फिल्डरलाई विशेष सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेछ ।

    सम्झौता कार्यक्रममा रोटरी क्लबका निर्वाचित अध्यक्ष इन्द्रबहादुर सुनार, निवर्तमान अध्यक्ष डोलराज न्यौपाने, पूर्वअध्यक्ष विष्णुप्रसाद पाठक, सचिव रामचन्द्र उपाध्याय, उपाध्यक्ष रवि पौडेल तथा युनिटी युवा क्लबका खेल संयोजक गोपालप्रसाद भण्डारी लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।