देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण सनिबारबाट सुरु हुँदैछ । देवदह-७, सितलनगर स्थित डिसियू क्रिकेट मैदानमा हुने प्रतियोगिताको बिहान ९ बजे देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्ने आयोजक डि-युनिटी युथ क्लबका अध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।
‘प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘हामिले हाम्रो तर्फबाट तयारी सकाएका छौं, सबै टिमहरु पनि आ-आफ्नै किसिमले अन्तिम तयारीमा जुटेका छन् ।’ डिपिएलको उद्घाटन खेलमा सनिबार दोस्रो संस्करणको उप बिजेता टटेरा डाइनामाइट र खैरेनी ग्लाडियटर्स बिच प्रतिष्पर्धा हुनेछ । खेल बिहान १० बजेदेखी सुरु हुने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।
यसपटक डिपिएलमा आठ टोली सहभागी हुनेछन् । तीमध्ये अघिल्ला सिजनका ५ सहित नयाँ तीन टोली थपिएका छन् । यसअघि दुई वटै सीजनको च्याम्पियन पाकडी प्यान्थर्सले तेस्रो संस्करणमा सहभागिता जनाएको छैन ।
डिपिएल तेस्रो संस्करणको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक क्लवले जनाएको छ । प्रतियोगितामा १२ लाख रूपैयाँ बढि खर्च हुने अनुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology