Logo

२०८३, आश्विन ९गते


images
images

डिपिएल : आज खैरेनी ग्लाडियटर्ससंग टटेरा डाईनामाईट र पाकडी प्यान्थर्ससंग ढेकावर योद्धा भिड्दै

डिपिएल : आज खैरेनी ग्लाडियटर्ससंग टटेरा डाईनामाईट र पाकडी प्यान्थर्ससंग ढेकावर योद्धा भिड्दै

images
  • डिपिएल : आज खैरेनी ग्लाडियटर्ससंग टटेरा डाईनामाईट र पाकडी प्यान्थर्ससंग ढेकावर योद्धा भिड्दै
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन -२ अन्तर्गत आज (सोमवार) दुई खेल हुँदैछन् । पहिलो खेलमा खैरेनी ग्लाडियटर्सले टटेरा डाईनामाईटको सामना गर्नेछ भने दोस्रो खेलमा पाकडी प्यान्थर्स र ढेकावर योद्धा भिड्नेछन् । 
      
    आजका खेल बिहान १० बजेदेखि देवदह क्रिकेट युनिटको ग्राउन्डमा संचालन हुने आयोजक संस्था डि-युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले  जनाएका छन् ।   
     
    असोज ३१ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए । 
     
    त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । 
     
    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।

    images
    images
    images

    आइतवार  सम्पन्न दुई खेलमा पाकडी र ढेकावर विजयी भएका थिए ।

    images
    images
    images

    प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।