देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणमा बिर्ता राइनोज सुपर ओभरमा खैरेनी ग्लाडियटर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । देवदह क्रिकेट युनिट (डिसियू) को मैदानमा शनिबार भएको रोमाञ्चक खेल निर्धारित २० ओभरमा बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो ।
पहिले ब्याटिङ गरेको बिर्ता राइनोजले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो । उसका लागि इन्द्रजीत यादवले सर्वाधिक ३८ रन बनाए । रामजन अलीले ११ र अमित यादवले ९ रन जोडे । खैरेनीका लागि इन्द्रजीत यादवले ३ तथा रुपेश कुर्मीले २ विकेट लिए ।
८७ रनको लक्ष्य पछ्याएको खैरेनी ग्लाडियटर्सले पनि १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८६ रन नै बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । खैरेनीका लागि सुरज सारुले सर्वाधिक ३८ रन बनाए । कमल जैसीले १४, शहजाद आलमले ११ र अर्जुन घर्तीले ११ रनको योगदान दिए । बिर्ताका लागि इन्द्रजीत यादवले ३ तथा राजकुमार पासी, अमित यादव र धर्मेन्द्र यादवले समान २ विकेट लिए ।
बराबरीपछि भएको सुपर ओभरमा खैरेनीले ४ रन बनाएको थियो । जवाफमा बिर्ताले ६ रन जोड्दै खेल आफ्नो पक्षमा पार्यो । सुपर ओभरमा २ रनको जित निकाल्दै बिर्ता राइनोजले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology