देवदह | देवदह प्रिमियर लिग (डिपिएल) को २२औँ खेलमा टटेरा डाइनामाइटले सिता मेडिकल भवानिपुर रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । देवदह क्रिकेट युनिट (डिसियु) को मैदानमा मंगलबार भएको खेलमा सीता मेडिकल भवानिपुर रोयल्सले दिएको ४७ रनको सामान्य लक्ष्य टटेरा डाइनामाइटले ५.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको भवानिपुर रोयल्स १५.२ ओभरमा ४६ रनमै समेटिएको थियो । टोलीका लागि रामजन चायले सर्वाधिक १३ रन बनाए । अशोक पासीले ८, युवराज मल्लाह र दुर्गेश यादव मल्लाहले समान ५ तथा सन्दीप अर्यालले ४ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भवानिपुरलाई सस्तैमा समेट्ने क्रममा टटेरा डाइनामाइटका मञ्जित हरिजनले ३ विकेट लिए । रोशन गौतम र रबिश कुर्मीले समान २ विकेट हात पारे भने डेभिड थापाले २ विकेट लिए ।
४७ रनको लक्ष्य पछ्याएको टटेरा डाइनामाइटले आक्रामक सुरुवात गर्दै ५.४ ओभरमै जित निकालेको हो । टोलीका लागि डेभिड थापाले १६ बलमा २० रन बनाए । प्रकाश भण्डारीले ३ बलमा ९ तथा रोशन गौतमले ३ बलमा ७ रन जोडे । नरेश श्रीसले ५ बलमा ७ रन बनाए ।
भवानिपुरका दीपक भण्डारी, राज सुनार, दुर्गेश यादव मल्लाह र अन्य बलरले विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका ततेरा डाइनामाइटका डेभिड थापा म्यान अफ द म्याच घोषित भए । उनले ब्याटिङमा २० रन बनाउनुका साथै बलिङमा २ विकेटसमेत लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology