देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन ३ अन्तर्गत मंगलबार भएको २१औँ खेलमा बिर्ता राइनोजले शंकरपुर सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।
देवदह क्रिकेट युनिट (डिसियू) को मैदानमा भएको खेलमा शंकरपुरले दिएको ९३ रनको लक्ष्य बिर्ताले ६ विकेट गुमाएर पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको शंकरपुर सुपर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । शंकरपुरका लागि विनोद काफ्लेले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा ६ चौका प्रहार गरे । सुन्दर केवटले ८, अशोक यादवले ८, मनोजकुमार यादवले ७ र अजय यादवले ६ रन बनाए ।
शंकरपुरलाई कम स्कोरमा रोक्ने क्रममा बिर्ताका धर्मेन्द्र यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अमित यादवले १ विकेट लिए ।
९३ रनको लक्ष्य पछ्याएको बिर्ता राइनोजले ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बिर्ताका लागि रामजान अलीले अविजित ३२ रन बनाए । उनले ३४ बलमा ४ चौका प्रहार गरे । अमित पाठकले १९ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । सोनु साहनीले ११ र अमित यादवले ९ रनको योगदान दिए ।
शंकरपुरका लागि सुरज खड्का चन्तेले ३ विकेट लिए । सुन्दर केवट, रञ्जित केवट र मनोजकुमार यादवले समान १–१ विकेट लिए ।
यस जितसँगै बिर्ता राइनोजले प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको छ ।
प्रतियोगितामा बिर्ताका धर्मेन्द्र यादव म्यान अफ द म्याच घोषित भएभने क्याच द पोलियो ड्रप (उत्कृष्ट फिल्डर) सोनु साहनी बने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology