Logo

२०८३, कार्तिक २२गते


images
images

प्रदेश र स्थानीय तहमा मन्त्रालयले थप कर्मचारी खटाउने, तलबको दायित्व सम्बन्धित तहकै हुने

प्रदेश र स्थानीय तहमा मन्त्रालयले थप कर्मचारी खटाउने, तलबको दायित्व सम्बन्धित तहकै हुने

images
  • प्रदेश र स्थानीय तहमा मन्त्रालयले थप कर्मचारी खटाउने, तलबको दायित्व सम्बन्धित तहकै हुने
    images

    काठमाडौं । प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह प्रभावित भएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यकताअनुसार थप कर्मचारी खटाउने निर्णय गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी प्रदेश तथा स्थानीय तहमा कामकाजका लागि खटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा केही प्रदेश तथा स्थानीय तहमा सेवा प्रवाह र नियमित कामकाज प्रभावित भएको भन्दै मन्त्रालयले आवश्यक कर्मचारी सङ्ख्या खुलाएर पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    images
    images

    मन्त्रीस्तरीय निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा (१) बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमतिमा कर्मचारी खटाइनेछ ।

    यसरी खटाइएका कर्मचारीको तलब तथा भत्ता सम्बन्धित प्रदेश वा स्थानीय तहले नै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्मचारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।