देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–३ अन्तर्गत बुधबार भएको खेलमा भलुही राइजिङले शंकरपुर सुपरकिंग्सलाई ३ विकेटले पराजित गरेको छ ।
देवदह क्रिकेट युनिटको मैदानमा भएको खेलमा शंकरपुरले दिएको ६९ रनको लक्ष्य भलुहीले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको शंकरपुर सुपरकिंग्सले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन बनाएको थियो । उसका लागि निश्चल ज्ञवालीले सर्वाधिक २३ रन बनाए । सूरज खड्काले १७, सूरज चौधरीले ८ र लालबहादुर मल्लाहले ६ रन जोडे ।
शंकरपुरलाई कम योगफलमा समेट्ने क्रममा भलुहीका गोविन्द थारुले ३ विकेट लिए । शिवकुमार मौर्य र श्रीकृष्ण भरले समान २ विकेट लिए भने अनुप राई र विवेश खातीले १–१ विकेट हात पारे ।
६९ रनको लक्ष्य पछ्याएको भलुहीका विवेश खातीले सर्वाधिक २५ रन बनाए । प्रेम भुर्तेलले १९ रनको योगदान दिए । शिवकुमार मौर्यले ६, रिजन पाण्डेले ५ र रमेश राईले ४ रन जोडे ।
शंकरपुरका लालबहादुर मल्लाहले ३ विकेट लिए । सूरज खड्का र रञ्जित केवटले समान २ विकेट लिए भने गंगेश गौतमले १ विकेट हात पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology