Logo

२०८३, आश्विन २९गते


images
images

रोटरी क्लब अफ देवदहद्वारा १० लाख बराबरको विपद् राहत सामग्री हस्तान्तरण

रोटरी क्लब अफ देवदहद्वारा १० लाख बराबरको विपद् राहत सामग्री हस्तान्तरण

images
  • रोटरी क्लब अफ देवदहद्वारा १० लाख बराबरको विपद् राहत सामग्री हस्तान्तरण
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहले आफ्नो सिस्टर क्लब रोटरी क्लब अफ चेन्नई हलमार्कको सहयोगमा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    बिहीबार क्लबका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई सामग्री हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    हस्तान्तरण गरिएका सामग्रीमा सय थानका दरले टेन्ट तथा टेन्टका आवश्यक सामग्री, शव कभर, सुत्ने म्याट र ब्ल्याङ्केट, दुई सय थान तौलिया, दुई सय थान लगाउने कपडा तथा सय थानका दरले सलाई र मैनबत्ती रहेका छन् ।

    images
    images
    images

    भोटेकोशी क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने र विपद् प्रतिकार्यलाई सहज बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

    हस्तान्तरण कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी, क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारीलगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोटरी क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।