Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा रोटरीको 'बर्ड लभ प्रोजेक्ट' : सार्वजनिक स्थानमा चरालाई पानी र चारो

देवदहमा रोटरीको 'बर्ड लभ प्रोजेक्ट' : सार्वजनिक स्थानमा चरालाई पानी र चारो

images
  • देवदहमा रोटरीको 'बर्ड लभ प्रोजेक्ट' : सार्वजनिक स्थानमा चरालाई पानी र चारो
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहले 'बर्ड लभ प्रोजेक्ट' सुरू गरेको छ । शनिबार एक कार्यक्रम बीच वातावरणीय संरक्षण सम्बन्धि महत्वपुर्ण अभियानको सुरुवात गरिएको क्लबका अध्यक्ष विष्णु पाठकले जानकारी दिए । 

    images
    images
    images

    बर्ड लभ प्रोजेक्ट अन्तरगत सार्वजनिक स्थानमा चरालाई पानी र चारोको व्यवस्था गरिने क्लबले जनाएको छ । "हामी हरेक विद्यालयमा पुग्छौं, त्यहाँ वातावरणीय संरक्षण सम्बन्धि प्रशिक्षण संचालन गर्छौं र प्रकृतिका अनुपम उपहार चरा चुरुंगीको संरक्षणको लागि सार्वजनिक स्थानमा पानी र दाना (चारो) को व्यवस्था गर्न सबैलाई प्रेरित गर्छौं ।" अध्यक्ष पाठकले भने, "यसले बाताबरण संरक्षणमा एउटा इट्टा थप्नेमा हामी विश्वस्त छौं ।"

    images
    images
    images

    देवदह क्षेत्रभरि स्थानीय चरा प्रजातिहरूको स्वास्थ्य सुधार्नका लागि नमुनाको रूपमा देवदहका केही स्थामा पानी र चारोका स्ट्याण्ड राखेको रोटरीले सार्वजनिक स्थान अन्तरगत विद्यालय, मठमन्दिर, प्रतीक्षालय आदि स्थानहरूमा नमुना स्ट्यान्डहरू राख्ने तयारी गरिरहेको क्लबका सचिव नारायण भण्डारीले जानकारी दिए ।  

    images
    images
    images

    देवदहको भवानीपुर क्षेत्रबाट प्रोजेक्ट सुरू गरेको रोटरीले स्थानीय वातावरणलाई सुधार्ने र प्रकृतिलाई जोगाउने सबैको साझा जिम्मेवारी हो भन्ने महसुस गरि 
    प्रत्येक घरमा चराको लागि पानीका भाडा राख्नका लागि प्रयास गर्दै वातावरणीय चिन्ताहरूलाई सम्बोधन गर्ने जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।