Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा रोटरी क्लबका खानेपानी टंकी

देवदहमा रोटरी क्लबका खानेपानी टंकी

images
  • देवदहमा रोटरी क्लबका खानेपानी टंकी
    images
    images

    देवदह । देवदहका महत्वपुर्ण स्थानमा खानेपानी टंकी व्यवस्थापन गर्ने कार्यलाई रोटरी क्लब अफ देवदहले निरन्तरता दिएको छ । हालसम्म देवदहमा रोटरीका तीन वटा खानेपानी टंकी संचालनमा छन् ।

    images
    images
    images

    खानेपानीको शुद्धता र सर्वसुलभताको लागि कोभिडकाल अघिदेखि नै 'खानेपानी आयोजना' नामक प्रोजेक्टमा काम गरिरहेको रोटरीले देवदहको गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला), शान्तिप्रिय आधारभूत विद्यालय हुँदै हाल देवदहको केन्द्र भवानीपुरमा खानेपानी टंकी संचालनमा ल्याएको छ । काष्ठकलामा तत्कालिन अध्यक्ष कुलप्रसाद पौडेल, शान्तिप्रिय आविमा तात्कालिक अध्यक्ष सचिन पंगेनी र भवानीपुरमा हालका अध्यक्ष विष्णु पाठकको नेतृत्वमा एक हजार लिटर क्षमताको खानेपानी टंकी संचालन गरिएको हो । 

    images
    images
    images

    रोटा वर्ष २०२४/२५ मा भवानीपुरमा खानेपानी आयोजना सञ्चालन गरिएको अध्यक्ष पाठकले बताए । "भवानीपुर देवदहको महत्वपुर्ण स्थान हो । देवदहमा आउने हरेक पर्यटक भवानीपुर पुग्छन् । तर त्यहाँ खानेपानीको व्यवस्था थिएन । सोही आवश्यकतालाई मध्यनजर गरेर खानेपानी संचालनमा ल्याइएको हो ।" अध्यक्ष  पाठकले भने ।  खानेपानी परियोजनाले स्थानीय र पर्यटक दुबैलाई सहज हुने उनको भनाइ छ । 
     
    त्यसैगरी देवदहमा 'वर्डलभ प्रोजेक्ट' अन्तरगत चरालाई पानी र चारो समेत व्यवस्थापन गर्दै आएको रोटरीले हालसम्म १२ स्थानमा चरालाई दाना र पानीको व्यवस्थापन गरेको छ । विशेष गरि विद्यालय र पार्कहरुमा चरालाई दाना-पानी व्यवस्थापन गर्दै आएको रोटरीले विद्यालयमा सांकेतिक रुपमा कार्यक्रम गरिरहेको र त्यहाँका विद्यार्थीले त्यसलाई निरन्तरता दिउन् भन्ने चाहेको रोटरी देवदहका सचिव नारायण भण्डारीले बताए । हिउँदमा रोकिएको वर्डलभ कार्यक्रमलाई गर्मी  लागेसंगै पुन: सुरु गरिने रोटरीले जनाएको छ ।

    images
    images
    images

    रोटरी देवदहले खानेपानी आयोजना र वर्डलभ कार्यक्रम आफ्नै सदस्यहरुबाट रकम संकलन गरी संचालन गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोटरी क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।