देवदह । लायन्स क्लब अफ देवदहको ११ औँ चार्टर एनिभर्सरी मनाएको छ । विहिबार आयोजित कार्यक्रममा बोल्दै लायन्स डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले एकताबद्ध भएर सामाजिक सेवामा लाग्न आग्रह गरे । क्लबका चार्टर प्रेसिडेन्ट विष्णुप्रसाद पौडेलले क्लबको स्थापना, विगतका गतिविधि तथा सामाजिक सेवामा क्लबले पुर्याउँदै आएको योगदानबारे चर्चा गर्दै सामाजिक कार्यको दायरा वढाउनु पर्नेमा जोड दिए ।
सोही अवसरमा क्लमा ७ जना नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता, द्धितिय उपाध्यक्ष जस बहादुर पुनको स्वागत र सचिव शंकर सुवेदीको सञ्चालन भएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारी, पूर्व अध्यक्ष, सदस्य तथा नयाँ सदस्यहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology