देवदह । रुपन्देहीको देवदह नगरपालिकामा सक्रिय रुपमा समाजसेवा गर्दै आएको लायन्स क्लब अफ देवदहले एकैदिनमा ४३६ जनाको मधुमेह तथा रक्तचाप परिक्षण गरेको छ ।
कोलिय साकोसको १८ औँ साधारण सभाको अवसरमा आयोजना गरिएको सो परिक्षणमा देउराली सेवा केन्द्र बाट १०२ र युवा संगम सेवा केन्द्र सियारीबाट ३३३ जनाले सहभागीता जनाएका थिए।
सो परिक्षणमा ५० जनामा मधुमेहको समस्या रहेकाले हस्पतालमा थप परामर्शका लागि जान आग्रह गरिएको संस्थाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology