Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

ग्रीनप्लान्टमा लायन्स क्लबको आँखा परिक्षण शिविर

ग्रीनप्लान्टमा लायन्स क्लबको आँखा परिक्षण शिविर

images
  • ग्रीनप्लान्टमा लायन्स क्लबको आँखा परिक्षण शिविर
    images
    images

    देवदह । ग्रीनप्लान्ट बोर्डिङ्ग सेकेन्डरी स्कूल देवदह ७ मा शुक्रबार आँखा परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजनामा भएको परिक्षण शिविरमा कक्षा ५ देखि १० सम्मका ५ सय ५ जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । जसमा ८३ जना विद्यार्थीमा आँखा सम्बन्धि समस्या देखिएको परिक्षणमा संलग्न प्राविधिक शिव कुमार पालले जानकारी गराए । 

    images
    images
    images


    हरेक हप्ताको सोमबार र शुक्रबार देवदह ५ विशालनगरमा रहेको लायन्स आँखा उपचार केन्द्रबाट सेवा दिदै आएको क्लबले विद्यालयको आग्रहमा सो क्याम्प संचालन गरेको क्लबका पुर्व अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले बताए । ज्ञवालीका अनुसार आँखाको समस्या देखिएका विद्यार्थीहरुलाई सोमबार क्लबको क्लिनीकमै लगेर थप उपचार गरिने र आवश्यक परे निशुल्क रुपमा चश्मा वितरण गरिनेछ । 

    images
    images
    images


    साप्ताहिक रुपमा निरन्तर संचालन गरिने आँखा परिक्षण शिविर देवदहका अन्य विद्यालयमा पनि मागको आधारमा संचालन गरिने क्लबका पि आर ओ शंकर सुवेदीले जानकारी गराए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।